भक्तपुरको सूर्यविनायकमा फर्च्यून रिसोर्ट एन्ड वेलनेस स्पा उद्घाटन

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फर्च्यून रिसोर्ट एन्ड वेलनेस स्पाको आज एक समारोहबीच उद्घाटन गर्दै उनले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताएका हुन् ।  

Advertisement

“उद्योगजन्य, खानी तथा खनिजजन्य क्षेत्र, उद्यमशीलता, साना–मझौला उद्यमको विकास आजको आवश्यकता हो, कृषि उपजका क्षेत्रहरुलाई पनि समेटेर उद्यमशीलतामा जोड दिऔँ, उत्पादनका क्षेत्र पहिचान गरौँ, सरकारले उत्पादनको आधारमा अनुदान तथा सहुलियत दिनेछ”, मन्त्री भण्डारीले भने । उनले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले भने, “उद्यमशीलता विकासले रोजगारी सृजना हुन्छ, काम गर्ने अवसर प्राप्त हुन्छ र सरकारको आन्तरिक राजश्व वृद्धिमा पनि टेवा पुग्नेछ ।”

undefined

मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए । “निजी होटल, रिसोर्ट निर्माणले पर्यटकीय गन्तव्य बढ्दछन्, पर्यटन ‘हब’का रुपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिन्छ”, उनले भने । नेपालका अन्य क्षेत्रमा पनि लगानी गर्न सरकार प्रोत्साहन गर्ने उहाँको धारणा थियो । उनले भने, “तेस्रो लगानी सम्मेलन सम्पन्न हुँदा नेपालको उद्योग, पर्यटन, कृषिमा सरकारले प्राथमिकीकरण गरेका क्षेत्रहरुमा मित्रराष्ट्रका लगानीहरुलाई हामी भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले नेपालको आन्तरिक स्रोत र साधनको उपयोग गर्न सक्यौँ भने उद्यमशीलतामार्फत व्यापार घाटा न्यूनीकरण हुँदै जाने अपेक्षा गरे ।  

उनले भने, “असन्तुलन भएको व्यापार घाटा न्यूनीकरणका लागि पनि आन्तरिक स्रोत र साधनको उपयोग र उपभोग गर्नैपर्छ ।” जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उनले सरकारले उद्यामशीलताका माध्यमबाट राष्ट्रिय पूँजी निर्माण गरी रोजगारी सृजना गर्नसके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकाङ्क्षा पूरा हुने बताए ।  

फर्च्यून रिसोर्ट एन्ड वेलनेस स्पा उद्घाटन
भारतको आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्यून होटेल्सले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । 

भक्तपुरमा आज आयोजित एक समारोहका बीच रिसोर्ट उद्घाटन गरिएको हो । उक्त अवसरमा होटका प्रवन्ध निर्देशक समिर एमसीले नयाँ आर्थिक वर्ष ०८१÷८२ को शुरुवातमै फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको बताए । 

काठमाडौँबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरु पनि सहजै पुग्न सकिन्छ । साथै होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरुमाझ उत्कृष्ट गन्तव्यको रुपमा रहेको नेपालको आतिथ्य संस्कारमा एउटा अर्थपूण छाप छोड्ने विश्वास लिएको छ ।

शान्त वातावरणमा अवस्थित रिसोर्ट एण्ड वेलनेस स्पाले पर्यटकहरुको लागि विश्राम लिने विशेष ठाउँ हुने जनाएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू रहेका छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाईएको छ । 

undefined

रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता  विभिन्न आरामदायी सुविधाहरु उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ ।

शाकाहारी खानाका पारखीहरुलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरु उपलब्ध छ । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरु उपलब्ध हुने रिसोर्टले जनाएको छ । 

फराकिलो व्याङ्कवेटहरु रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रुपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ । रिसोर्टमा आठ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल पनि रहेको छ । 

Advertisement

Advertisement