एसीसी प्रिमियर कपः पानी पर्दा खेल रद्द, अंक बाँड्दा पनि नेपाल सेमिफाइनलमा

Advertisement

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षासँगै रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडे । 

आजको अंकसहित तीन खेलबाट पाँच अंक पुर्याएको नेपाल सेमिफाइनलमा पुगेको छ । समान खेलबाट चार अंकसहित ओमान दोस्रो र दुई–दुई अंकसहित मलेसिया र साउदी तेस्रो स्थानमा छ । समूह ए मा रहेको कतारले अंक जोड्न सकेको छैन । अब नेपालले समूहको अन्तिम खेल वैशाख १४ मा खेल्नेछ । यो खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।

Advertisement

यस्तै कीर्तिपुरस्थित खेल मैदानमा समूह बी अन्तर्गत हङकङ र बहराइनबीचको खेल पनि बर्षाकै कारण सुरु हुन सकेको छैन् । 

Advertisement

Advertisement