कृषि विज्ञको रुपमा परिचित मदन राई यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Advertisement

काठमाडौं । कृषि विज्ञको रुपमा परिचित मदन राईलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले बालबालिकाहरुलाई यौन दुर्व्यवहार गरेको कुरा बाहिर आएपछि खोटाङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । 

राईले शुभम् फाउन्डेसन सञ्चालन गर्दै आएका थिए । सोही संस्थामा रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । फाउन्डेसनमार्फत राईले विद्यालय सञ्चालन गर्दै आएका थिए । सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने गरेका प्रमाणहरु अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 

Advertisement

शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यामिक विद्यालयले सञ्चालन गर्दै आएको थियो । 

Advertisement

Advertisement