संकटमा रहेको श्रीलंकामा चार महिनामा १.८ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रियो

Advertisement

कोलम्बो । श्रीलंकाका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी  गराएकी हुन् । 

मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो ।

Advertisement

त्यसैगरी २०२१/ २०२२ का लागि आधिकारिक तथ्याङ्क क्रमशः ५।४९ बिलियन डलर र ३.८ बिलियन डलर थिए । प्रवासी कामदारको  विप्रेषण श्रीलंकाका लागि राजस्वको मुख्य स्रोत हो । रासस/सिन्ह्वा

Advertisement

Advertisement