सानिमा बैंकद्वारा दुर्घटना बीमा बापतको रु. १० लाख हस्तान्तरण

Advertisement

काठमाडौं । सानिमा बैंकले दुर्घटना बीमा बापतको १० लाख रुपियाँ हस्तान्तरण गरेको छ । सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । 

Advertisement

बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ ।

बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम संचालनमा छन् ।

Advertisement