सरकारले राष्ट्र बैंकमाथि भार बोकाउनु हुन्नः पूर्वगभर्नर क्षेत्री

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वित्त नीतिले केही गर्न सक्दैन र मौद्रिक नीतिले नै सबैथोक सम्बोधन गर्छ भन्नु गलत भएको बताएका छन् । 

सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै क्षेत्रीले उक्त कुरा बताएका हुन् । 

Advertisement

उनले सरकारले वित्त नीतिमा व्यवस्था गर्नुपर्ने मौद्रिक नीतिमा समावेश गर्न दबाब दिनु राष्ट्र बैंकमाथि भार बोकाउनु रहेको जिकिर गरे । गत वर्षदेखि सजगतापूर्ण कसिलो र खुकुलो मौद्रिक नीति भन्ने प्रचलन व्यवहारिक भएको टिप्पणी गरे । सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन दिने अभियान चाल्नुपर्ने बताए । 

उनले सरकारले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन दिने अभियान चाल्दा गाउँघरमा रोजगारी सिर्जना हुने र उत्पादित वस्तुपनि बजारमा ल्याएर बेच्ने वातावरण बन्दा अर्थतन्त्र चलायमान हुने बताए । अहिलेका औद्योगिक रुपमा ठूला राष्ट्रको आधार नै साना तथा घरेलु उद्योग भएको बताए । अब सबैले नेपालमा उत्पादन भएका पोशाक लगाउन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement