नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्कको बैठक शुरु, अमेरिका थप लगानी गर्न इच्छुक

Advertisement

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुक्रबारबाट शुरु भएको छ । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाएको जनाइएको छ । 

बैठकका बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई लगानीको रुपमा रुपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न बैठक बसेको बताए । 

Advertisement

उनले बैठकका लागि १८ सदस्यीय टोली नेपाल आएको पनि बताए । मरासिनीले नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने बैठकको लक्ष्य रहेको बताए । उनले बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने बताए । 

सचिव मरासिनीले बैठक सम्भावना र समस्याको खोजी गर्ने माध्यम बनेको बताउँदै यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरुका बारेमा पनि छलफल गर्ने बताए । उनले भने, ‘अमेरिका र नेपालबीच लामो सम्बन्ध छ । यो द्विपक्षीय सम्बन्धलाई लगानीको रुपमा रुपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न नेपाल र अमेरिकाबीचको एउटा नेपाल अकेरिका ट्रेड इन्भेष्टमेण्ट एग्रिमेण्ट भन्ने गरेको हो ।’ 

मरासिनीले थपे, ‘१८ जनाको टोली अमेरिकाबाट आउनुभएको छ । नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने र हाम्रो उदार अर्थतन्त्र छ, जुन अहिले आवश्यक लगानीको आवश्यक्ता छ, प्रविधि हस्तान्तरण होस्, नलेज हस्तान्तरण होस् भन्ने अपेक्षा छ, त्यसमा छलफल गर्नेछौँ, अमेरिकी लगानी भित्र्याउने, नेपाली सामान अमेरिका निर्यात गर्ने बारेमा हामी छलफल गर्नेछौँ, सम्भावना र समस्याको खोजि गर्ने माध्यम बनेको छ । यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र निकासीका वस्तुहरुका बारेमा पनि छलफल हुनेछ । आवश्यक्ताअनुसार नीति नियममा सुधार गरेर नेपललाई सहयोग गरेर जानुहुनेछ । हामीले दिगो विकासका हिसावले खोजेको लगानी हो । अमेरिकाले पनि एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको छ ।’

उनले अमेरिकाबाट नेपालले दिगो विकासका हिसावले लगानी भित्राउन खोजेको बताए । मरासिनीले अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गरे । बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए । उनले बैठकमा सम्बोधन गर्दै नेपालले अमेरिकाबाट दिगो विकाससहितको लगानी खोजेको र नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहँदा विदेशी लगानीका लागि सहज भइरहेको बताए ।

Advertisement

Advertisement