सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपमा थप गर्यो नयाँ सुविधा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरु थप गरेको छ । 

डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको बैंकले हाल मोबाइल बैंकिङ एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो ।

Advertisement

बैंकले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन् ।  

बैंकले आफ्नो एप मार्फत ‘नेपाल पे’को क्युआर सञ्चालनमा ल्याएको छ । अव बैंकका ग्राहकहरुले फोनपे का अतिरिक्त नेपालपे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । यसका साथै बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि  प्राप्त गर्न सक्ने छन् । 

बैंकले देशैभरी फैलिएका १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट  करिव १५ लाख ६५ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।                      

Advertisement

Advertisement