आज (जेठ १०)को राशिफलः तपाईंको शेयर कारोबार, पेशा, व्यवसाय कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल ज्येष्ठ महिनाको १० गते बुधबार, पञ्चमी तिथि ।

मेष 
पेशागत क्षेत्रमा अस्थिरता हुने छ । आर्थिक अवस्थाको सन्तुलन भने कायम हुने छ । बाठो खालको व्यक्ति भएकाले कठिन परिस्थितिलाई धान्ने स्वाभाव हुने छ । बाणिमा अस्वाभाविक कडापन देखा पर्ने भएकाले सतर्क रहनु होला । पारीवारिक जीवनमा झैझगडाको अवस्था आउने छ । शेयर कारोबार प्रतिफलदायी रहने छ । 

Advertisement

वृष
पेशागत क्षेत्रबाट प्रशस्त लाभ मिल्ने छ । व्यावसायिक जगतमा रहेकाहरुलाई पनि फाइदा हुने समय रहेको छ । साझेदारीमा गरिएका काममा स–सानो विषयले बिबाद निम्त्याउने छ । सुख सुविधा प्राप्तिका लागि अग्रसत हुने उत्साह जाग्ने छ । रिस नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

मिथुन 
पेशागत क्षेत्रमा उन्नति प्रगति र स्थिरता मिल्ने छ । व्यावसायमा संलग्नहरुलाई पनि फाइदा मिल्ने समय रहेको छ । तर परिवारमा भने असमझदारी देखा पर्ने छ । बाठो तथा आत्माबलले भरिएको दृढ खालको व्यक्तित्व बन्ने छ । बोलीको प्रभावले गर्दा आँटेका कामहरु बन्ने छन् । शेयर क्षेत्र हल्का रुपमा सकारात्मक बन्न पुग्ने छ । 

कर्कट
पेशागत जीवनमा सोच्दै नसोचेका विषयहरुले अवरोधहरु निम्त्याउने छ । छिट्टो आशा र निराशा हुने बानीले अधिरता ल्याउने छ । समय संयमित भई धैर्य भएर कदम चाल्नु पर्ने खालको छ । मनोबलको कमि हुने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । शेयर कारोवारमा संयमित रहनु नै उपयुक्त मानिने छ । 

सिंह
पेशागत क्षेत्रमा उचारचढावको आउने छ । घर, घडेरी तथा गाडि, बाहन बेच्नु पर्ने अवस्था आउने छ । विशेष गरी आर्थिक कारोवारमा संयमित रहनु होला । धेरै उत्साही र धेरै नैराश्य बनि कदम चाल्ने बेला भन्दा औसत गति लिँदा उपयुक्त हुने छ । शेयर कारोवार औसत अवस्थामा रहने छ । 

कन्या
पेशाप्रति समर्पित भई काम गर्न मन लाग्ने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवन स्थिर रहने छ । कमाईमा पनि केही बृद्धि हुन पुग्ने छ । प्रभावकारी बोली हुने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा निर्णय क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवार बजार नाफादायी हुनेछ । 

तुला
पेशागत क्षेत्रबाट आम्दानीमा बृद्धि हुने छ । तर पेशागत जीवन अस्थिरताका क्रम देखिने छ । धेरै जोखिम मोलेर कदमहरु चाल्नु भन्दा प्राप्त अवस्थालाई परिचालन गरि अघि बढ्न खोज्नु नै उपयुक्त हुने छ । शारीरिक र मानसिक थकान धेरै देखा पर्ने छ । शेयर कारोवार औसत तर केही सकारात्मक रहने छ । 

वृश्चिक
पेशागत क्षेत्रमा अनिश्चितताका क्रम आउने छ । भाग्यको साथ नभएकाले मेहनत धेरै नतिजा भने निकै कम हुने छ । बोली प्रभावहिन हुन पुग्ने छ । स–सानो विषयलाई पनि धेरै संवेदनशिल दृष्टिबाट लिने हुनाले छिट्टो निराशाका भावहरु मनमा देखा पर्ने छन् । शेयर कारोवार औसत अवस्थामा रहने छ । 

धनु 
पेशागत क्षेत्रमा आरोप प्रत्यापको अवस्था आउने छ । साझेदारीमा गरिएका कामहरुबाट भने लाभ प्राप्त हुने छ । शारीरिक कमजोरीले पेल्ने छ । जसले गर्दा मनोबलमा कमि आउने छ । जीवनसाथिको सल्लाहमा अघि बढेमा केही मिल्ने छ । शेयर कारोवार नाफदायी हुने छैन् । 

मकर 
पेशागत जीवनबाट स्थिरता हुने छ । तर मनमा निरन्तर निराशाका भावले सताउँदा सुखको भने कम अनुभव हुने छ । बाहिरबाट हेर्दा अरुले आँटिलो खालको व्यक्तित्व अभाषा भने गर्ने छन् । रिस नियन्त्रणमा ध्यान दिनु होला । झै–झगडामा संलग्न हुने वा हुनु पर्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । शेयर कारोवार औसत प्रकृतिको रहने छ ।

कुम्भ 
पेशागत र व्यावसायिक जीवनमा सोचे जस्तो सफलता मिल्ने छैन् । कार्यालयमा बादबिबादको अवस्था आउने छ । विदेश यात्रा सहज बन्ने छ । आम्दानी औसत रहने छ । पैतृक सम्पत्तिबाट आडभरोसा प्राप्त हुने छ । बौद्धिक व्यक्तित्वमा बृद्धि हुने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवार प्रतिफलमुखी रहने छ ।

मीन
पेशागत क्षेत्र औसत अवस्थाबाट अघि बढ्ने छ । आम्दानीमा केही बृद्धि हुने छ । नयाँ नयाँ क्षेत्रमा हात हाल्ने समय भने रहेको देखिँदैन् । बोली प्रभावकारी बन्ने छ, यसले कार्य सफलतामा सहयोगी बन्ने छ । मनमा दुविधाहरुका क्रम धेरै रहने छ । शेयर कारोवारबाट फाइदा मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement