ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

Advertisement

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्राडा ध्रुवकुमार गौतम र सिए मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । 

Advertisement

प्राडा गौतमसंग एसियन ईन्स्टीच्युट अफ टेक्नोलोजि थाईल्याडको प्राध्यापक, विरला ईन्स्टीच्यिुट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, डोङ–ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको रिसर्च एसोसियट भई कार्य गरेको अनुभव रहेको छ । 

त्यस्तै सिए मन्दिप वशिष्ठले नेपाल बोर्र्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै डिप्लोमा इन आईएफआरएस समेत गरेका छन् । विशेष गरी एसएमई क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुकोलागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव भएका सिए वशिष्ठसंग स्वीस राजदुतावास तथा यूएसएडको एसएमईज फर ग्रोथ फाइनान्सिङको विशेषज्ञको रुपमा सफल कार्य गरेको अनुभव रहेको छ ।

नव नियुक्त स्वतन्त्र सञ्चालकद्धय प्राडा ध्रुवकुमार गौतम र सिए मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराए । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । 
 

Advertisement