नयाँ बजेटः बर्षेनी अर्बौं रकम बाहिरिन थालेपछि मेडिकल कलेज खोल्न सहजीकरणको तयारी

Advertisement

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०–८१ ले नेपालमै मेडिकल शिक्षामा लगानी बढाउने बाटो खुलाउने भएको छ । मेडिकल शिक्षाका लागि बर्षेनी अर्बौं रुपियाँ विदेशिने र यो क्रम बढ्दो देखिएकाले यसलाई रोक्नुपर्छ भन्ने महशुस भएको अर्थ मन्त्रालयको बजेट टिमका एक सदस्यले बताए । 

चिकित्सा शिक्षा अध्ययनका लागि अर्बौं रकम बाहिरिएपछि नेपालमै मेडिकल कलेज स्थापनाका लागि सहजीकरण गर्न लागिएको हो । मानव तस्करहरुको गिरोहले नेपालमा विभिन्न बहानामा नेपालमा मेडिकल कलेज खोल्न नदिने तर वैदेशिक अध्ययनका लागि भने सहजीकरण गर्न नेपालका नीति निर्माणदेखि प्रशासकहरुसम्मलाई प्रयोग गर्दै आएको छ । 

Advertisement

सरकारले नेपालमा मेडिकल शिक्षाका लागि देशका विभिन्न स्थानमा कलेजहरु स्थापना गर्न अनुमति दिने र सर्वसुभल र व्यवस्थितरुपमा अध्ययन अध्ययापनको व्यवस्था गर्न आनाकानी गरी विद्यार्थीहरुलाई विदेशिन बाध्य बनाउने काम भएपछि जनस्तरबाट चर्को विरोध हुन थालेको छ । 

केडिकल कलेज सञ्चालन गर्न चाहाने मेडिकल व्यवसायीहरुले पनि सरकारले तोकिएबमोजिमको पूर्वाधार तयार पार्दासमेत अनुमति नदिइएको भन्दै लामो समयदेखि विरोध जनाउँदै आएको छ । तर डा. गोविन्द केसीको पटक पटकको आन्दोलनका कारण उनीहरुको माग पूरा हुन सकेको छैन् ।  

मेडिकल शिक्षाको नाममा निकै ठूलो रकम विदेशिएको तथ्यांक बजेट टिमले अध्ययन गरेपछि नेपालमै कलेजहरु स्थापना गर्नुपर्ने तयारी गरिएको हो । बजेट टिमका ती सदस्यले नेपालमा थप मेडिकल कलेज खोल्न सहज अनुमति दिने गरी बजेट आउने बताए । 

ती सदस्यले भने, ‘बजेट टिममा सबैभन्दा डर मेडिकल शिक्षा विषयले विवादित बन्ला कि ? भन्ने छ । विवादको विषयभन्दा देशको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने अवस्था छ । हामी हाम्रा कति विद्यार्थीलाई बाहिर पठाउने ? कति पैसा बाहिर जान दिने ? देशको आर्थिक अवस्था यतिबेला सहज पनि छैन् । त्यही भएर आलोचना भइहाले पनि देशको हितका लागि नयाँ मेडिकल कलेज खोल्न सहजीकरण गर्नुपर्छ भन्ने कुरा भइरहेको छ ।’

स्रोतका अनुसार अर्थमन्त्री प्रकाशशरण महत आफैंमा बुझेका व्यक्ति भएकाले यो विषयमा उनको असहमति छैन् । अर्बौं लगानी लगाएर जोखिममा परेपछि मेडिकल शिक्षामा लगानी गरेका व्यवसायीहरु यतिबेला संकट र अन्योलमा छन् । 

बजेट टिमका सदस्यले थपे, ‘गुणस्तरीय र सर्वसुलभ शिक्षा भए नभएको हेर्ने काम सरकारको सम्वन्धित निकायको हो । कलेजलाई अनुमति दिनुअघि नै हरेक कुरामा आशंका गर्दा पनि त्यसले देशको हित गर्दैन् । सके त सरकार आफैले पनि मेडिकल शिक्षामा लगानी बढाउनुपर्ने हो । नसक्दा पनि निजी क्षेत्रलाई अनुमति दिएर नेपालमै डाक्टर नर्स उत्पादन गर्न सकियो भने धेरै पैसा बाहिर जानबाट जोगिन्छ । यो सबैले महशुस गरेको कुरा हो । आवाज पनि उठेको छ ।’

नेपालमा मेडिकल कलेजहरु पर्याप्त नहुँदा पढ्न नपाएर विद्यार्थीहरु लाखौं रुपियाँ खर्च गरी भारत, बंगलादेश, चीन लगायतका मुलुकमा अध्ययनका लागि जान बाध्य हुँदै आएका छन् । यसरी विद्यार्थीहरुलाई विदेश पठाउन सफल भएवापत राम्रो फाइदा उठाउँदै आएको गिरोह भने नेपालमा नयाँ मेडिकल कलेजहरु खुलोस भन्ने चाहाँदैन् । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर उनीहरुलाई अमेरिका पठाउन जुन ढंगले मानव तस्करहरुको गिरोह लागेको छ र त्यो गिरोहको पहुँच राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा उपल्लो तहसम्म छ, त्यस्तै मेडिकल क्षेत्रमा विद्यार्थीहरु बाहिर पठाउने गिरोह सक्रिय रहेको देखिन्छ । 

Advertisement

Advertisement