सूर्यज्योति लाइफका अध्यक्ष भट्टराईले प्राधिकरणका अध्यक्ष सिलवालसँग लिए सपथ

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी संचालक समितिका अध्यक्ष केशव भट्टराईले सपथ ग्रहण गरेका छन् । 

अध्यक्ष भट्टराई बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

Advertisement

उक्त अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा सूर्याज्योतिका सीईओ प्रकाशविक्रम खत्री उपस्थित थिए ।

कम्पनीमा संस्थापक शेयरधनी समूह ‘क’ बाट केशव भट्टराई, नन्दकिशोर शर्मा तथा विवेक झा सञ्चालक छन् भने सर्वसाधारण शेयरधनी समूह ‘ख बाट हेमन्त नाहटा, आकाश गोल्छा, प्रिया तायल निर्वाचित भएका छन् । त्यस्तै, कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणी देवकोटा नियूक्त भएका छन् ।

Advertisement

Advertisement