‘आइएमई पे’ को नयाँ अफरः रु. १ मै  सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन पाइने

Advertisement

काठमाडौं । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । 

जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् । 

Advertisement

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा रु. १ मा केू ब्यानरमा गइ खेल्न सक्नेछन् । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् । 

अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने कम्पनीले जानकारी दिएको छ ।  
 

Advertisement

Advertisement