नेपाल टेलिकमले जुम्ला र कालिकोटमा पनि सुरु गर्यो एफटीटीएच सेवा

Advertisement

काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा एनटी फाइबर सेवा सुरु गरेको छ । गत जेठ १० गते कालिकोटमा र जेठ ११ गते जुम्लामा सो सेवाको सुरुवात गरिएको हो । 

टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरेका थिए । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । साथै, यसअघि पनि कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको जानकारी दिएको छ ।

Advertisement

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिने भन्दै नेपाल टेलिकमले अब एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा चलाउन ग्राहकलाई सहज हुने जनाएको छ ।

अहिले स्प्रिङ अफर अन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक आठ हजार रुपियाँ र एनटीटीभी सहितको प्याकेज १२ हजार रुपियाँमा पाइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उनले २० एमबीपीएसको इन्टरनेट र तीन हजार मिनेटसम्म कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा टेलिकमले संचालनमा ल्याएको बताए । 
 

Advertisement

Advertisement