‘किताबको महत्व ठूलो भए पनि मुद्रणमा लाग्ने कर धेरै छ’, कागज व्यवसायी नागेन्द्र गौतम

Advertisement

काठमाडौं । बूढानीलकण्ठ प्रेसका संचालक हुन नागेन्द्र गौतम । उनले उक्त मुद्रण तथा छपाई उद्योगसँग आवद्ध भएको दुई दशक बितिसकेको छ । हाल उनले राजधानीस्थित कलंकी चोक नजिकै आफ्नै उद्योग चलाएका छन् भने उनी उक्त कलंकीमै रहेको उद्योगमा लागेको पनि एक वर्ष पूरा भइसकेको छ ।

अहिले उक्त उद्योगमा जम्मा १५ जना कर्मचारीहरु आवद्ध भएका छन् । उनले आवश्यकता अनुसार नेपालका केही कागजहरु प्रयोग गरेर किताब छपाई गर्दै आएका छन् भने बाँकी सामानहरु छिमेकी मुलुक भारत हुँदै विभिन्न जर्मनी, इटाली लगायतका देशबाटसम्म ल्याउँनु पर्ने बाध्यता रहेको सुनाएका छन् ।

Advertisement

संचालक गौतमले कर्पोरेट नेपालसँग भने,‘भारत सरकारले कागजका लागि कर छुट दिएको अवस्था छ तर हाम्रो नेपालमा भ्याट र ट्याक्सका नाममा हामीले अनावश्यक २८ प्रतिशतसम्म रकम सरकारलाई बुझाउँदै आएका छौं । यो मुद्रण व्यवसायमा त हामीले नगद तिरेर सामान किन्नु पर्ने रहेछ भने बिक्री गर्दा चाही उधारोमा गर्नु पर्ने रहेछ ।’

पछिल्लो समय कोरोना महामारी र  देशको आर्थिक मन्दी विभिन्न व्यवसायमा प्रत्यक्ष असर पारिरहेको बेलामा गौतमले मुद्रण तथा छापा व्यवसाय पनि त्यसबाट अछुतो नरहेको बताए । उनले आफूहरुले हाताहाती नगद तिरेर धेरै महङ्गा सामानहरु किन्नु पर्ने बाध्यता भए पनि त्यसमा सरकारले कहिल्यै पनि नीतिगत सहयोग नगरेको उनको आरोप छ ।

उनले आफ्नो स्वदेशी कागजहरु भन्दा पनि विदेशमा किनेका कागजहरु निकै सस्तो हुने अनुभव सुनाए ।

उनले वार्षिक १ करोड रुपियाँ बराबरको कारोबार गर्दै आएका उनले नाफा भने खुलाउँन चाहेनन् । तर, उनले पाउँदै आएको नाफा भने घट्दो क्रममा रहेको बताएका छन् ।  

Advertisement