मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

Advertisement

ललितपुरं । यस बर्षको मिस नेपाल वर्ल्ड २०२३ को उपाधि २३ बर्षीया श्रीच्छा प्रधानले हात पार्न सफल भएकी छन् ।  यस हिडन ट्रेजरले शनिबार गोदावरीमा आयोजना गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधान मिस नेपाल २०२३ को उपाधि जित्न सफल भएकी हुन् । 

यसअघिकी मिस नेपाल प्रियंका रानीले प्रधानलाई मिस नेपालको क्राउन पहिररिदिएकी हुन् । प्रतियोगितामा मिस नेपाल इन्टरनेसनलको उपाधि २५ वर्षीया प्रसिद्धि शाहले, मिस नेपाल अर्थको उपाधि रैना मजगैयाले जितिन् । मिस कन्फिडेन्टको उपाधि प्रज्ञा बज्राचार्यले जितिन् ।

Advertisement

निर्णायक मण्डलमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, क्रिकेटर ज्ञानेन्द्र मल्ललगायत थिए ।

Advertisement

Advertisement