टीकापुर हत्याकाण्डाः जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा हुँदा भव्य स्वागत

Advertisement

काठमाडौं । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा हुँदा फूलमाला र बाजागाजासहित भव्य स्वागत गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित उक्त हत्याकाण्डमा दोषी १९ जनाको कैद सजाय माफी गरेसँग अहिले चौतर्फी विरोध भइरहेको छ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आममाझीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

Advertisement

राष्ट्रपतिबाट गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसहित सो पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु डिल्लीबजार कारागार पुगेका थिए । 

उनीहरुले रेशमलाई फूलमालाले भव्य स्वागत गरेका छन् । उनको स्वागतका लागि आज बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो । 

टीकापुर हत्याकाण्डमा उच्च प्रहरी अधिकृतसहित सात जना प्रहरी र एक नाबालकको हत्या भएको थियो । 

Advertisement

Advertisement