आगामी आर्थिक बर्षका लागि रु. १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आबको भन्दा कम

Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक बर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँ विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक बर्षको बजेटभन्दा २.३७ प्रतिशत कम हो । 

यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । राजश्व संकलनमा भारी गिरावट भएपछि सरकार बजेटको आकार घटाउन बाध्य भएको हो । 

Advertisement

सरकारले विनियोजन गरेको बजेटमध्ये चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ विनियोजन गरेको छ । 

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा चार खर्ब ५२ अर्ब ७५ करोड न्युन हुने भन्दै अर्थमन्त्री महतले न्युन पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब १२ अर्ब ७५ करोड जुटाइने र राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताए । 

Advertisement