बैंक र बीमा कम्पनीका सीईओहरुको पारिश्रमिकमा अर्थमन्त्रीको आँखा, ३९ प्रतिशत कर तिर्नुपर्ने

Advertisement

काठमाडौं । सरकारले बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिलाई करको दर बढाइएको छ । सोमबार संसदमा प्रस्तुत बजेटमार्फत (आर्थिक ऐन) मार्फत धेरै पारिश्रमिक हुनेहरुको कर वृद्धि गरिएको हो । 

बार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्नेहरुमा अधिकांश बैंक र बीमा कम्पनीहरु छन् । अरु केही कर्पोरेट हाउसमा कार्यकारीहरुको पनि पारिश्रमिक ५० लाख रुपियाँ नाघ्छ । 

Advertisement

वार्षिक २० लाख रुपियाँ भन्दा बढी आम्दानी गर्नेलाई अधिकतम् ३६ प्रतिशतको दरले कर लाग्दै आएकोमा अहिले ५० लाख रुपियाँभन्दा बढी आम्दानी गर्नेलाई ३९ प्रतिशत कर लगाइएको हो । 

पब्लिक कम्पनीको रुपमा रहेका बैंकका सीईओहरुले धेरै पारिश्रमिक लिएको भनेर कतिपयले आलोचना गर्दै आएको सन्दर्भमा अर्थमन्त्री महतले उनीहरुको आम्दानीमाथि नियन्त्रणको प्रयास गरेका हुन् । 

अब वार्षिक दुई करोड रुपियाँ तलब सुविधा बुझ्नेहरुले ७८ लाख रुपियाँ आयकर बुझाउनु पर्ने भएको छ । आयकरको अन्य दर भने यथावत राखिएको छ।

Advertisement

Advertisement