व्यवसायीहरु भन्छन्–‘आगामी वर्षको बजेट सन्तोषजनक छ’

Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएसँगै व्यवसायीहरु उत्साहित भएका छन् । 

कृषिको व्यवसायीकरण, लघु तथा साना उद्योग प्रवद्र्धन, सूचना  प्रविधि तथा  पर्यटन क्षेत्रका विकासमा केन्द्रित  अधिकांश माग सरकारले समेटेको भन्दै व्यवसायीहरुले उत्साह व्यक्त गरे । 

Advertisement

नेपाल फलफूल  थोक व्यवसाय संघ काठमाडौंका अध्यक्ष अम्मर बानियाँले सरकारले घोषण गरेको बजेट सकारात्मक रहेको प्रतिक्रिया दिए ।  उनले भने, ‘बजेट अनुसारको किसानहरुले ज्ञान, सिप प्रविधिको विकास गराउने हो भने यस बजेटले निकै ठूलो भुमिका खेल्ने छ ।’

त्यसैगरी नेपाल जुत्ता, चप्पल उत्पादन  संघका अध्यक्षका नानीराज घिमिरेले  जुत्ता, चप्पल व्यवसायीहरुका लागि बजेट सकारात्मक रहेको र कार्यान्वयन पक्ष हेर्न बाँकी रहेको बताए । 

यसैगरी नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य सरकाले  विकास क्षेत्रको लागि छुट्याएको बजेट सन्तोषजनक रहेको प्रतिक्रिया दिए । तर उनले भने,   आजसम्म विनिनयोजन भएका बजेट लक्षित वर्गसम्म पुग्न पाएको छैन, यो नराम्रो पक्ष हो ।’  

Advertisement