लुम्बिनी विकास बैंकको १ अर्ब रुपियाँको ऋणपत्र बिक्री आजदेखि बिक्री खुला

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले आजदेखि १ अर्ब रुपियाँको ऋणपत्र बिक्री खुला गरेको छ ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याजदर पाउनेछन् ।  

Advertisement

बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक १ हजार रुपियाँ अंकित दरका १० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ ले जनाएको छ । 

६ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्ने र बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको हो । सामूहिक लगानी कोषलाई २० हजार इकाइ सुरक्षित गरी बाँकी ३ लाख ८० हजार इकाइमा लगानीकर्ताले आवेदन दिन सक्ने छन् । खरिद आवेदन दिन सक्नेछन्। 

ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म आवेदन दिन सकिने छन् । छिटोमा जेठ १९ गते र ढिलोमा जेठ ३० गतेसम्म ऋणपत्र बिक्री खुला रहने छ ।  

Advertisement

Advertisement