गुडविल फाइनान्सले शेयरधनीहरुलाई लाभांश नदिने

Advertisement

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । 

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले आव २०७८/७९ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव स्वयम्भू शाक्यले जनाएका छन् । 

Advertisement

उक्त आवको नाफा सञ्चित कोषमा राखिने छ । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।    
 

Advertisement

Advertisement