महोत्तरीमा एनएमबि बैंकको शाखामा लुटपाट !

Advertisement

काठमाडौं । महोत्तरीमा रहेको एनएमबि बैंकको शाखामा आज दिउँसो लुटपाट भएको छ । 

मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ मा रहेको उक्त बैंकको शाखा लुटपाट भएको हो । 

Advertisement

प्रहरीका अनुसार मास्क लगाएका ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन् ।

बैंकबाट करिब ३५ लाख रुपियाँ लुटपाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बैंक लुटेर फरार भएकाहरुको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।  

Advertisement