बीमा कम्पनीको संख्या घटेकाले अब अस्वस्थ प्रतिस्पर्धा पनि हट्छः बीमाविज्ञ शर्मा

Advertisement

काठमाडौं । बीमाविज्ञ भोजराज शर्माले बीमा कम्पनीहरुको संख्या कम हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि स्वतः कम हुने दावी गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कम्पनीको चुक्ता पुँजी बढ्दा जोखिम धारण क्षमता समेत बढ्ने भएकाले त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्ने बताए । 

Advertisement

शर्माले अब बीमा कम्पनीहरुको पुनर्बीमा कम्पनीमा निर्भरता समेत कम हुने बताए । तर, बीमा कम्पनीहरुले आफूहरुमा एकअर्कोको संस्कार बुझ्न समय लाग्ने उनको भनाई छ । 

फरक फरक बीमा कम्पनीहरु एक भएकाले त्यसको सिनर्जी महशुस गर्न लामो समय लाग्ने बताउँदै शर्माले बीमा कम्पनीहरुले एक अर्कोको व्यापारलाई आफ्नै व्यापार मानेर व्यापारिक एकता गर्न आवश्यक रहेको बताए । 

उनले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट बीमा कम्पनीहरुले पालन गर्न र नेपाल बीमा प्राधिकरणले सार्थक बनाउन लायक रहेको बताए । शर्माले बजेटमा दाबी भुक्तानी छिटो छरितो बनाउनुपर्ने कुरा उल्लेख रहेको र यो बीमा क्षेत्रको मुख्य चुनौती पनि रहेको बताए ।  

शर्माले सही बीमा दाबीमा भुक्तानीको शैलीबाट बीमा कम्पनीको अनुहार र जोखिममा बीमितलाई ठूलो राहत मिल्ने गरेको आफूले देख्दै आएको बताए । उनले बीमा कम्पनीले आफ्नो मात्र नभई ग्राहकको हकहित समेत हेर्नुपर्ने बताए । 

बीमा प्रतिष्ठानले बीमामा काम गर्ने धेरै कर्मचारीलाई तालिम दिएको उनले अनुभव सुनाए । शर्मा यस संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । उनले अनुभवी कर्मचारीलाई पनि तालिमको खाँचो हुन्छ भन्दै बीमा क्षेत्रमा नयाँ नयाँ जोखिम आईरहने भएकाले पनि तालिमको आवश्यता रहेको बताए । 

हाल आफूहरुले जोखिमांकन (अन्डरराईटिङ)सम्बन्धी तालिम दिँदै आएको बताए । बीमा प्राधिकरणले पनि कम्पनीहरुलाई आफ्नो जनशक्ति कुल खर्चको दुई प्रतिशत खर्च गर्न भनेको उदाहरण दिँदै अब बीमा क्षेत्रमा दक्षता हाँसिल गरेको मान्छेले विभिन्न किसिमका रोजगारी पाउने बताए । सीप विकास भएमा बीमा क्षेत्रमा अवकाश हुनुनपर्ने शर्माको जिकिर छ । 

Advertisement

Advertisement