तिब्बतले कैलाश मानसरोवर जान भारतीयलाई पनि भिसा दिन थाल्यो

Advertisement

काठमाडौं । तिब्बतले कैलाश मानसरोबार जान नेपालीहरुलाई खुल्ला गरेको एक महिनापछि भारतीयलाई पनि खुल्ला गरेको छ । कोराना महामारीपछि कैलाश मानसरोबार याता रोकेको तिब्बतले बल्ल अहिले खुल्ला गर्दै गएको हो । 

कैलाश मानसरोबार हिन्दुहरुको हिन्दूहरुको ठूलो धार्मिक स्थल हो । उक्त स्थान जान नेपालीलाई गत मे १ देखि खुल्ला गरिएकोमा भारतीयलाई बिहीबार (जुन १)देखि खुल्ला गरिएको हो । 

Advertisement

एशोसियशन अफ कैलाश टुर अपरेटर्सका अध्यक्ष तेन्जिन नोर्बु लामाले नेपालीहरुलाई खुल्ला भएसँगै कैलाश मानसरोवर यात्रामा जाने नेपाली पर्यटकहरु उल्लेख्यरुपमा बढेको बताए । उनले मे महिनामा मात्रै करिव पाँच सयले नेपालबाट कैलाश यात्रा गरेका बताए । 

अहिलेको जुन महिनामा कैलाश मानसरोवर यात्रामा जान चाहने भारतीय पर्यटकहरु पनि धेरै रहेको शेर्पाले बताए । उनीहरुको संख्या दुईदेखि तीन हजार रहेको उनको भनाई छ । अहिले कैलाश मानसरोवर जान पीसीआर र खोपको रिसोर्ट समेत नचाहिने व्यवस्था गरेको छ । 

विगतमा नेपालबाट वार्षिक २० देखि २४ हजारसम्म पर्यटक पवित्र धार्मिक स्थल कैलाश मानसरोवर यात्रामा जाने गरेका थिए । तीर्थहरुको पनि तीर्थ अर्थात् महातीर्थका रुपमा चिनिने कैलाश मानसरोवर जान भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेको समाचार आइरहँदा चिनियाँ पक्षले कोभिड– १९ महामारीलाई देखाउँदै सीमा नाका बन्द गरेको थियो । 

तिब्बतको नाका खोलेसँगै व्यवसायी र पर्यटकहरुमा नयाँ उत्साह बढेको छ । नेपाल माउन्ट कैलाश जाने प्रवेशद्धार हो । कैलाश यात्रामा जाने धार्मिक पर्यटकहरुले पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्ने भएकाले नेपालमा पर्यटक आगमनमा पनि वृद्धि हुन्छ भन्ने व्यवसायीहरुको विश्वास छ । 

कैलाश यात्रालाई ‘ब्रह्माण्डको केन्द्रमा आध्यात्मिक यात्रा’को रुपमा हेरिन्छ, जहाँ निकै ठूलो शक्ति रहेको पुष्टी समेत भइसकेको छ । कैलाश हिमाल छ हजार ७१४ मिटर उचाइमा रहेको छ, जुन पहाडमा भगवान शिव पार्वतीको वास रहेको धार्मिक विश्वास छ ।

Advertisement

Advertisement