स्वास्थ्यमन्त्री भन्छन्– बालेन शाहसँग गरेको प्रतिवद्धताअनुसार एक हप्ताभित्रै काम गरें

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए । 

बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई अस्पतालमा विपन्नहरुलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरेपनि भेट भइसकेपछि भने चेतावनीको रुपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताए । उनले मेयर शाहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने बचन दिएको र सोही अनुसार आफूले प्रमाणित गरेको बताए । 

Advertisement

मन्त्री बस्नेतले भने, ‘हामी प्रचारबाजी गर्ने किसिमले गर्दैनौँ । हामी समस्याको जरो समातेर रोग पत्ता लगाएर उपचार गर्ने पद्धतिमा जान्छौँ । मैले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई एक हप्ताभित्र हामीले गरेको कामको रिजल्ट देखाउँछौँ भनेको थिएँ । उहाँले फेसबुकमा लेखेको स्टाटस के पढ्न पाएँ भने स्वास्थ्यमन्त्रीलाई सबै कुरा जानकारी गरायौँ । तर एक हप्ताभित्रमा काम शुरु भएन भने हामी अस्पतालको काम बन्द गरिदिन्छौँ भन्ने भाषामा लेख्नुभयो । त्यो गर्ने काम त रोकिँदैन । नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र काम गर्न पाउँछ । तर मैले तपाईंलाई नै लिएर जान्छौँ भनेको थिएँ । तर उहाँलाई आज फेला पारिएन । उहाँ यहाँ भएको भए सँगै जानुहुन्थ्यो ।’ 

मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तिजन्य पदार्थमा कर नबाढएको बताए । 

Advertisement

Advertisement