कर्पाेरेट राशिफलः आज (जेठ २१)को तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल जेठ महिनाको २१ गते आइतबार, ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि । आज मष्टपूर्णिमा, गैडुपूजा । आज सद्गुरु कवीर जयन्ती । आज नै भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस ।

मेष 
बौद्धिकतामा बृद्धि हुने छ । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक शक्ति मिले पनि शारीरिक कमजोरीले पेल्ने छ । जसले गर्दा मनोबलमा कमि ल्याउने छ । पेशागत जीवनमा अडचनहरुको सामना गर्नु पर्ने छ । धेरै जोखिमपूर्ण लगानीका निर्णयहरु गर्ने समय सक्रिय छैन् । मनोरञ्जनका क्षेत्रमा बढि खर्च हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

Advertisement

वृष
पेशागत जीवनमा अपजस भोग्नु पर्ने छ । त्यसैले कम भन्दा कम द्वन्द्वात्मक भएर अघि बढ्ने रणनीति अपनाउँदा ठिक हुने छ । शारीरिक र मानसिक कमजोरी अत्याधिक हुन जाने छ । शारीरिक ब्यायाम, योगाभ्यास, ध्यान, भजन श्रवण आदीमा मन लगाएमा राहत मिल्ने छ । मनोबल पनि कमजोर बन्ने छ । पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

मिथुन 
बोलीको प्रभावकारितमा तिब्रतम बृद्धि हुने छ । तर शारीरिक कमजोरीले सताउने छ । पेशागत जीवन औसत रहने र आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । तर अस्पतालजन्य खर्च बढ्न जाँदा वचत भने हुन सक्ने छैन् । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले सतर्क रहनु होला । शेयर बजारबाट फाइदा मिल्ने छ ।

कर्कट
पेशागत जीवन स्थिर रहने छ । तर सो अनुसार आम्दानीमा गुणात्मक बृद्धि हुन कठिन हुने छ । आम्दानी बढाउनु पर्ने दबाबले मानसिक स्ट्रेस थप्ने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

सिंह
भाग्यहिनताको आभाष हुने छ । समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला । पारीवारिक जीवनमा झैझगडा र द्वन्द देखा पर्ने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोष आउने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।

कन्या
कार्यसफलतामा कमि आउने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउँदा प्रतिष्पर्धीहरुले हेप्ने छन् । समय संयमित भएर पाईला चाल्नु पर्ने प्रकृतिको छ । मनोवलको अभावले गर्दा भाग्यहिनताको अवस्था आउने छ । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहँने हुँदा केही राहत मिल्ने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

तुला
उात्रामा कसडनाएै आृन् छ । मनमा दृढता आउने छ भने मन स्थिर रहने छ । बोलीको प्रभाव बढेता पनि रुखोपना पनि उत्तिकै बढ्ने भएकाले यसबारेमा संयमित रहनु होला । रोजगारी तथा व्यावसाय दुबै क्षेत्रमा समय सकारात्मक रहेको छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

वृश्चिक
दृढ ब्यक्तित्व नुहँदा अरुले हेप्ने र पेल्ने छन् । धैर्य भएर पाइला चाल्नु पर्ने देखिन्छ । मानसिक हिसावले दृढ र संकल्पित व्यक्तित्व हुने छ । तर शारीरिक रुपमा निकै कमजोरीहरु देखा पर्ने भएकाले मनोबलको कमि हुने छ । पेशागत जीवनमा उचार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला । शेयर बजार मध्यम रहने छ । 

धनु 
दृढ खाले ब्यक्तित्व हुने छ । तर रिस नियन्त्रण गर्न नसके स–सानो विषयमा पनि झगडाको वातावरण आउने छ । जीवनसाथिको शारीरिक स्वास्थ्य अवस्थाको चुनौतिले कठिनाई उत्पन्न गराउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । यौन जीवनसँग सम्बन्धित विषयमा संयमित रहनु होला । पेशागत जीवनमा अस्थिरता आउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

मकर 
सामाजिक जीवनबाट मान सम्मान मिल्ने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । तर मनमा भाग्यहिनताको महशुस भने भइरहने छ । पैतृक सम्पत्ति तथा आफुले कमाएर सञ्चित धनको परिचालनमा अड्चनहरु आउने छन् । दुविधात्मक व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा नयाँ आयाम आउने छ । आम्दानीमा अपेक्षा भन्दा बृद्धि कायम रहने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ ।

कुम्भ 
कार्यसफलता मिल्ने छ । दृढ खालेको व्यक्तित्व हुने छ । यससँगै स–साना विषयमा पनि रिस धेरै उठ्ने व्यक्तित्व हुने भएकाले यस विषयमा ध्यान दिनु होला । मेहनत र पराक्रमका लागि मन एकचित्त भएता पनि शारीरिक स्वास्थ्यले बाधा दिने छ । परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मीन
मान सम्मान बढ्ने छ । भाग्यको साथ रहेकाले आँटिलो स्वाभाव हुने छ । पैतृक धन सम्पत्तिका विषयले जीवनमा निकै महत्वपूर्ण भूमिका खेल्ने छ । तर पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले सँहालिँदै अघि बढ्नु पर्ने छ । आफुले गर्ने आम्दानीमा केही कमि आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement