राजस्वमा नीतिगत भ्रष्ट्राचारको शंकाः ‘अर्थमन्त्रालयमा दोस्रो पटक मुसा नपसेको होस्’- खतिवडा

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वमा नीतिगत भ्रष्ट्राचारको शंका गरेका छन् । 

इकोनोमिक मिडिया सोसाइटी नेपाल (ईम्शन)ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै खतिवडाले बाहिर सुनिए जस्तो नीतिग भ्रष्ट्राचार भएको नहोस् भनेका हुन् ।

Advertisement

बजेटमा दोस्रो पटक मुसा पसेको विषय सुनेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतलाई यसो भएको नहोस् भनी खतिवडाले व्यंग गरेका हुन् । 

खतिवडाले भने ‘सञ्चार माध्यममा दोस्रो पटक मुसा पसेको विषय आएको छ, यसो नभएको होस् म मन्त्री महतलाई शुभकामना दिन चाहान्छु । यी कुरा सत्य नहोउन् । सत्यको पक्षमा उभिनु होला ।’

पोष्ट बजेट छलफलमा बोल्दै खतिवडाले बजेट फल्स ग्राउण्ड बनेको आरोप लगाएका हुन् । उनले भने ‘फल्स ग्राउण्ड भनेको कमजोर धरातल हो, सुन्दा त राम्रो सुनिन्छ, तर आर्थिक ऐनको पाना पल्टाउँदै जादा यसको असर देखिदै जान्छ।’

बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन। पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिएको खतिवडाको भनाई छ । 

पूर्वअर्थमन्त्री खतिवडाले थपे, ‘मैले एउटा कुरा ‍भन्ने गरेको छु, खाना खादा मिठो हुनुपर्छ, ताकी पकाएको हेर्दा राम्रो भएर हुँदैन ।’

खतिवडाले आफू अर्थमन्त्री रहँदा संघियता कार्यान्यवयनमा ठूलो खर्च भएकोले बजेटको आकार बढाउनु परेको बताए । चालु खर्च टार्न आन्तरिक ऋण उठाउने अवस्था आइसकेको छ। खतिवडाले भने, ‘खोप किन्न पनि ऋण लिनु परेको छ । तर हामीले ऋण लिएर अनुदान बाँड्ने ठाउमा छौं । ऋण सही ठाउँमा लगानी भयो कि भएन सो कुरा हेर्न जरुरी छ ।’

अर्थमन्त्रीले गाली खान तयार हुनुपर्ने खतिवडाले बताए । मन्त्रीले सुरुमा गाली खाने हिम्मत गर्नुपर्ने र दीर्घकालमा नतिजा हेरेर सन्तोष लिनुपर्ने खतिवडाको भनाई छ ।

पूँजीगत खर्च महालेखाको तथ्यांकमा भएको मात्रै होइन । चालु खर्चका अधिकांश खर्चहरु पूँजीगतमै पर्ने गरेको छ । सामाजिक सुरक्षामा दक्षिण एसियामै धेरै राम्रो पोजिसनमा रहेकोले सरकारले केहि गर्नै सकेन भनेर भन्न नहुने खतिवडाको भनाई छ । 

खतिवडाले थपे ‘मेरो पालामा गुन्द्रुकमा पनि कर लगायो भन्ने आरोप लगाइयो, अहिले आलु र प्याजमा पनि कर लगाइएको छ, यसको पनि नतिजा भोग्न मन्त्रीज्यू तयार रहनु होला ।’

६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने खतिवडाको भनाई छ । यसको लागि उद्योगीलाई चालपूँजी कर्जा बढाउनु पर्छ। तर आन्तरिक ऋण बढाएर ब्याजदर घटाउ भन्ने अर्थ मन्त्रालको कुरामा तालमेल नभएको खतिवाडाको भनाई छ ।

Advertisement