उचित मूल्य नपाएको भन्दै कालिमाटीमा करिव ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकियो

Advertisement

काठमाडौं । व्यवासयीहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा सडकमा फ्याकेर बिरोध जनाएका छन् । 

आईतवार गोलभेंडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका हुन् । उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेंडा फ्याकेर बिरोध गरेका छन् । 

Advertisement

नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आईतवार किसानहरुले टमाटर फ्याँकेका छन् । गोलभेंडा उत्पादक कृषिक बरुणबहादुर रोक्काले नेपाली किसानहरुले उत्पादन गरेको गोलभेंडाले बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याक्न बाध्य भएको बताए । 

उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए । रोक्काले अहिले नेपाली किसानहरुले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता पाउने नपाउने तर विदेशीबाट आयात भएर आएको बस्तुले बजार लिने गरेको बताए । 

उनले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपियाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपियाँमा बेच्न नहुने बताए । रोक्काले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताए । 

कालिमाटी तरकारी बजारमा किसानहरुले तीन,चार सय क्रेट जति गोलभेंडा सडकमा फ्याकेका छन् । किसानहरुले करिब ३० हजार किलो गोलभेंडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ । फ्याँकिएका गोलभेंडा रामकोट, नागार्जुन, थानकोट,भत्तपुर लगायत क्षेत्रमा फलेका गोलभेंडा हुन् ।

Advertisement