भृकुटीमण्डपमा फुटवयर विजनेश एक्स्पो सुरु, एक महिनासम्म चल्ने

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पलहरुको मेला ‘फुटवयर विजनेश एक्स्पो २०८० सुरु भएको छ । असार १ गतेबाट सुरु भएको मेला एक महिनासम्म चल्नेछ । 

मेलाबाट आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । यो बर्षको गर्मी मौसमलाई लक्षित गरी यो मेला गर्न लागिएको मेला आयोजकले जानकारी दिएको छ । मेलामा शिखर शुज, रन शुज, ब्याम्बो शुज, शुज ल्याण्ड, वन वर्ल्ड भेनस शुज, पिजी शुज, हिमानी शुज, बोस शुज, फुट स्टेप शुज सहभागी हुनेछन् । 

Advertisement

मेला संयोजक गंगा श्रेष्ठले नेपाली जुत्ता चप्पलहरुको लोकप्रियता बढ्दै गएको बताए । उनले नेपालमा उत्पादित जुत्ता चप्पल तथा छानाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेट्ने गरि उत्पादन गरेर मेलामा राखिएको र विशेष आकर्षक छुटमा बिक्री भइरहेको बताए । 

दशभन्दा बढी ब्राण्डका एक हजार दुई सयभन्दा धेरै मोडलका जुत्ता चप्पल पाइने यस मेलामा विभिन्न उत्पादनमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइने बताइएको छ । दुई सय ५० देखि पाँच हजार रुपियाँसम्मका जुत्ता चप्पल पाइने यस मेलामा महिला बालबालिका पुरुषहरुका कलेज सुज, क्याज्युल, पाटिबेवर, स्पोर्ट लगायत परिवारलाई पुग्ने गरि जुत्ता चप्पल छान्न सकिने श्रेष्ठको भनाई छ । 

मेलाको उद्देश्य स्वदेशी उत्पादनका बारेमा आम उपभोत्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनबारे जानकारी गराउनु, स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्न प्रदर्शनी मेलाको माध्यमबाट व्यापक प्रचार प्रसार गरी बाहय बजार समेत विस्तार गर्नु, विदेशी जुत्ता चप्पलको आयतलाई प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाउनु रहेको आयोजकको भनाई छ । 

Advertisement