प्राधिकरणले लामो समयसम्म सरकारी डेटा सेन्टरमा विद्युत नदिँदा सबै सरकारी वेभसाइट डाउन

Advertisement

काठमाडौं । आज (मंगलबार) साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका छन् । ‘ जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेभसाइटहरु विद्युत आपूर्ति बन्द भएका कारण खुल्न नसकेका हुन् । 

सरकारी वेभसाइटहरु नखुलेपछि अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलहरुमा अध्यागमन जाँचपासमा समेत असर परेको छ । सोही कारण त्रिभुवन विमानस्थलमा यात्रुको लामो समय लागेको छ । 

Advertisement

सरकारी डेटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सोमबार दिउँसोदेखि नै नेपाल विद्युत प्राधिकरणले सरकारी सर्भरका लागि बिजुली आपूर्ति गर्न सकेको छैन् । सिंहदरबारस्थित सबस्टेसनमा प्राविधिक समस्या आएपछि बनाउन प्राधिकरणले ढिलाई गर्दा केन्द्रमा असर परेको हो । यसले गर्दा सिंगो मुलुक प्रभावित भएको छ । 

प्राधिकरणले विद्युत सुचना गर्न ढिलाई गर्दा केन्द्रले डिजेलबाट चल्ने जेनेरटर चलाएर बिजुलीको व्यवस्था गरे पनि लामो समयसम्म चलेकाले जेनेरेटर तात्दै गएर चल्न छोडेपछि केन्द्रका सर्भरहरु बन्द हुन पुगेका हुन् । 

केन्द्रले भने लामो समयसम्म सबस्टेशन मर्मत गरेर विद्युत आपूर्ति सुचार नगरिदिएको भन्दै केन्द्रले आक्रोस पोखेको छ । यता प्राधिकरणले भने सिंहदरबारको सबस्टेसनमा रहेको फिडरमा आज ‘फल्ट’ आउँदा ब्रेकर पड्किएर आगलागी भएकोले सूचना प्रविधि केन्द्रलाई बिजुली दिन नसकिएको बताएको छ ।

Advertisement