राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना नयाँ कर्मचारी, ‘प्लस टु’ उत्तीर्णलाई पनि अवसर

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकल एकै पटक ठूलो संख्यामा कर्मचारी  माग गरेको छ । 

रिक्त पदपूर्ति गर्नका लागि बैंकले कुल ४६५ जना नयाँ कर्मचारी माग गरेको  हो ।  वरिष्ठ प्रवन्धकदेखि सहायकसम्मका कर्मचारी माग गरेको बैंकले आज प्रकाशित गरेको सूचनामा  उल्लेख छ । 

Advertisement

इच्छुक आवेदकले योग्यता पुगेको पदमा असार १० गतेदेखि अनलाइनबाट दरखास्त दिन सक्ने छन् । आवेदन भर्ने अवधि असार ३० गतेसम्म  राखिएको छ ।  दरखास्त  फारम समय अवधि भित्र भर्न छुटेकाहरुका लागि  बैंकले दोब्बर दस्तुर तिरी थप ७ दिन  भित्र आवेदन दिन पाउने व्यवस्था गरेको जनाएको छ । 

बैंकले दश जोड दुई वा सो सरहको योग्यता भएकाहरुलाई पनि विभिन्न पदमा आवेदन मागेको छ । बैंकले खुल्ला पदमा कुल संख्यामा २२१ जना र अन्य समावेशीतर्फ  २४४ जना कर्मचारी माग गरेको हो  ।

६, ७, ८ र ९ तहमा खुल्ला समूहका लागि ७०० रुपियाँ र प्रत्येक थप समावेशी समूहमा  थप २००रुपियाँ शुल्क लाग्ने छ । ४ र ५ तहमा खुल्लातर्फ  ५०० रुपियाँ र समावेशीका लागि थप १०० रुपियाँ तिर्नु पर्ने बैंकले सूचनामा उल्लेख गरेको छ । 

 

  
 

Advertisement

Advertisement