फेसबुकले तोक्यो नेपालको आफ्नो आधिकारिक प्रतिनिधि

Advertisement

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मुल कम्पनी मेटाले नेपालमा ह्याटपुल वाई अलेफलाई नेपालको आधिकारिक बिक्री साझेदारको रुपमा चयन गरेको छ । आइतबार सम्पन्न कार्यक्रममा यससम्वन्धी घोषणा गरिएको हो । 

कार्यक्रममा नेपालका विज्ञापनसम्वन्धी जानकार, विज्ञापन व्यवसायी, डिजिटल मिडिया पेशेवरहरु सहभागी रहेको जनाइएको छ ।सोल्टी होटलमा कार्यक्रम गरी मेटाले आफ्नो आधिकारिक प्रतिनिधि चयन गरेको हो ।

Advertisement

नेपालमा मेटाको आधिकारिक आगमनसँगै अब स्थानीय विज्ञापन र एजेन्सीहरुलाई व्यापार विस्तार गर्न, सीमापार बिलिङ गर्न सहज हुनेछ । 

Advertisement