‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुँदै

Advertisement

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न नभ्याएका दर्शकहरुका लागि घरमै बसेर सपरिवार हेर्नका लागि प्रदर्शन गर्न लागिएको डिशहोमले जनाएको छ । 

यो फिल्म डिशहोमको सिनेमाघर च्यानलमा प्रदर्शन हुनेछ । ‘प्रेम गीत ३’ असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुनेछ । सिनेमाघरमा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन हुने जनाइएको छ । 

Advertisement

यस्तै, डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलव्ध हुने कम्पनीले जानकारी दिएको छ । एक्सभीओडीमा यो चलचित्र उपलव्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभीओडी डिशहोमको सेटटप बक्समा उपलव्ध रहेको फिचर हो । यो चलाउनको लागि ग्राहकले आफ्नो सेटटप वक्समा वाईफाई डङ्गोल वा लेन केवल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ । 

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र आकषण बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्ने डिशहोमको विश्वास छ । 

Advertisement