आशंकाका बीच बजेट पारित, संशोधन पनि भएन्, पहिलो पटक बजेटमा मतदान

Advertisement

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट (आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक) पारित भएको छ । 

प्रतिनिधिसभाको बुधबार बैठकमा मतदान हुँदा बहुमतका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । 

Advertisement

प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रस्तावको विपक्षमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले मतदान गरेका थिए । यस अघि एमालेले मत विभाजन गरेर बजेट पारित गर्न माग गरेको थियो । 

बजेट पास हुन नदिने भनेर सत्तारुढ एकीकृत समाजवादीसहितका दलका नेताहरुले बताउँदै आए पनि अन्ततः समर्थनमा मत हालेका छन् । बजेटप्रति प्रतिपक्ष दलका साँसदहरुले मात्रै नभएर सत्तारुढ दलकै नेताहरुले आलोचना गर्दै संशोधनको माग गरे पनि संशोधन समेत भएन् । 

Advertisement