असार लागेपछि कामै नभएको बिल पेमेन्ट हुन थाल्छ, होटलहरु प्याक हुन थाल्छः सिंह

Advertisement

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभामा उनले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । 

सिंहले असार लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए । उनले देश विकासको बाधक नै असारे विकास प्रवृत्ति रहेको बताए । 

Advertisement

सिंहले भने, ‘साधारण खर्च र पुँजीगत खर्चको जबसम्म डिफरेन्सेस कम हुँदैन । तबसम्म देश विकास हुँदैन । त्यसमा पनि पुँजीगत खर्चमा के हुन्छ भने मन्त्रालयले पैसामा कुर्लि मारेर बसेको हुन्छ । जब असार आउँछ रातारात काम नै नभएको बिल पेमेन्ट हुन थाल्छ । हरेक होटलहरु प्याक हुन थाल्छ । यो प्रवृत्ति कसरी खतम गर्ने ? देश बिकासको सबभन्दा बाधक के हुन्छ भने असारे विकास । असारमा आउन बित्तिकै विकासको मुल फुट्न थाल्छ र चेक काट्न थाल्छ । त्यसकारणले अरु आर्थिक वर्षदेखि वैशाखभन्दा उता चेक नकाट्ने प्रवृत्ति बन्नुपर्छ । किनकी असारमा वर्षा शुरु भइसक्छ । त्यसकारणले असारे बिकासलाई कसरी अन्त्य गर्ने त्यो पनि सोच्नुपर्छ ।’ 

उनले असारे बिकासलाई रोक्न वैशाख महिनाभन्दा पछि चेक काट्न नदिने व्यवस्था गर्नुपर्ने बताए । 

Advertisement