प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

Advertisement

काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले यी विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेकोमा बहुमतबाट पारित भएको हो । 

यी प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

Advertisement

Advertisement