नेपाल पर्यटन बोर्डले आउँदो आर्थिक बर्षको लागि डेढ अर्बको बजेट ल्याउने

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक बर्षका लागि करिव एक अर्ब ५० करोड रुपियाँको बजेट बनाउने भएको छ । 

चालु आर्थिक बर्षका लागि एक अर्ब १० करोड रुपियाँको बजेट बजेट ल्याएको बोर्डले आउँदो आर्थिक बर्षका लागि बजेटको आकार बढाउन लागेको हो । 

Advertisement

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बजेटले विगतमा जस्तै प्रचारप्रसार र अन्तर्राष्ट्रिय बजारीकरणलाई नै जोड दिएको बताए । उनले फेम ट्रिपलगायत विदेशीहरुलाई नेपालमा ल्याउने, देखाउने जस्ता गतिविधिहरु गने बताउँदै भने, ‘अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने कुरालाई जोड दिएका छौं । विशेषगरी भारत, चीनलाई फोकस गरेर मार्केटिङ गर्ने योजना छ । अमेरिका, यूरोपमा पनि त्यो खालको गतिविधि गरिने छ । पहिलाभन्दा यस पटक बजेट बढेको पनि छ प्रवर्द्धहुर्दा भारत, चीनको मार्केटिङमा फोकस गर्ने छौं ।’

अबको बजेटमार्फत देखिने खालको पुर्वाधार विकास गर्ने वाताउँदै उनले आफू बोर्डमा आएपछि अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काम गर्ने माहौल बनेको बताए । बोर्डको बजेट निर्माणका लागि ११ जनाको कमिटि रहेको रेग्मीले जानकारी दिए । 

Advertisement