प्रभु महालक्ष्मी लाइफको सीईओमा भट्टराईको नियुक्ति प्राधिकरणद्वारा स्वीकृत

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । 

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही सार २९ गते हुने निर्णय भइसकेको छ । दुबै कम्पनी बीचमा २०७९ सार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ  ३ गते अन्तिम सहमति भएको थियो । 

Advertisement

दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो । 

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत हुन् । २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् । 

२०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनु भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत छन् । 

विगत २८ वर्ष देखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहेका उनले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेका छन् । 

Advertisement

Advertisement