इक्यानलाई राजनीतिबाट मुक्त गर्न पनि शेषराजको प्यानलको जित जरुरी छः पौडेल

Advertisement

काठमाडौं । अध्ययनका लागि विद्यार्थीहरुलाई विदेश पठाउने शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यवसायीहरुको संस्था आइक्यानमा आसन्न अधिवेशनमा शेषराज भट्टराई समूहबाट उपाध्यक्ष पदका प्रत्यासी हुन श्रीराम पौडेल । 

विगत १७ बर्षदेखि यस क्षेत्रमा सक्रिय पौडेल बागबजारस्थित भिष्टा कन्सल्टेन्सीका सञ्चालक हुन् । उनी बालाजु जेसिसका संस्थापक अध्यक्ष पनि हुन् । यसअघि उनी इक्यानको सल्लाहकार समेत थिए । यसअघि विष्णुहरि पाण्डे र अहिले प्रकाश पाण्डेको कार्यकालमा सल्लाहकार समेत रहेका पौडेलको यस पटकको उम्मेदवारी तेस्रो हो । यसअघि उनी इक्यानको सचिवमा उठे पनि जित हासिल गर्न भने सकेनन् । मतले जित्न नसके पनि धेरैको मन जितेको भन्दै पौडेलले यस पटक भने सहजै चुनाव जित्ने विश्वासमा देखिन्छन् । तर इक्यानभित्र राजनीति भने हुन नहुने उनले बताए । 

Advertisement

कुल ४६७ सदस्य रहेको इक्यानको यही आउँसो असार ३० गते हुन लागेको निर्वाचनमा उपाध्यक्ष पदमा सहजै विजयी हुने विश्वासमा रहेका पौडेलले आफ्नो उम्मेद्वारी स्वाभाविक रहेको र उपाध्यक्षका अरु उम्मेदवारहरुको तुलनामा आफ्नो स्थिति बलियो रहेको विभिन्न आधार प्रस्तुत गरे । 

शैक्षिक परामर्श क्षेत्रमा समस्या समाधान गर्न आफूले भूमिका खेल्ने योजना बनाएको पौडेलले बताए । विदेश पढ्न जाने नेपाली विद्यार्थीहरुको सपना साकार गर्न, उनीहरुलाई सशक्तिकरण गर्न, नेपालको शैक्षिक परिदृश्यलाई आकार दिन पनि इक्यान र शैक्षिक परामर्श व्यवसायीहरु सशक्त हुनु जरुरी रहेको उनले बताए । 

पौडेलले भने, ‘सामाजिक संघ संस्था, अर्थतन्त्र, राजनीतिका कुराहरु फरक तरिकाबाट अगाडी बढ्न्नुपर्छ । यो आजको आवश्यकता हो । इक्यानलाई राजनीति गर्ने थलो बनाउन हुँदैन् । यस क्षेत्रलाई  मर्यादित, अनुशासित, व्यवस्थित बनाउँदै विद्यार्थीहरुलाई अवसर दिनका लागि हामीले भूमिका खेल्नसक्नुपर्छ भन्ने मान्यताका साथ मेरो उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।’

अन्तर्राष्ट्रिय अध्यनका लागि अभिभावक, विद्यार्थी र परामर्शदाताहरुलाई तीन महिनाभित्र सूचनामूलक कार्यत्रmमहरु सुरु गर्ने योजना सुनाउँदै उनले विपन्न आय भएका विधार्थीहरुका लागि पनि वैदेशिक अध्ययनको पहुँच विस्तार गर्न शैक्षिक संस्थाहरुसँग पहल र समन्वय गर्ने बताए । पौडेलले इक्यानले आफ्ना समूहलाई मात्र नभई देशभरका सबै शैक्षिक परामर्श क्षेत्र र व्यवसायीहरुलाई व्यवस्थित गर्ने, उनीहरुको विकास गर्ने, अवसरहरुको विस्तार गर्ने काम गर्दै आएको र आफ्नो प्यानलले सो कुरालाई निरन्तरता दिने बताए । 

व्यत्तिmत्व र नेतृत्व विकासका लागि युवाहरुलाई तालिम दिँदै आएका पौडेलले संघलाई सामाजीकरण गर्ने, इक्यानका सदस्यहरुलाई पारिवारीक रुपमा नजिक पार्नका लागि २०५४ भदौ १३ गते पहिलो पटक वनभोज आयोजना गर्ने कार्यको सुरुवात आफूले नै गरेको सुनाए । वनभोजले अहिलेसम्म निरन्तरता पाउँदै गएको छ । 

शैक्षिक परामर्श क्षेत्रले ४० देखि ५० हजारलाई रोजगारी दिएको र रेमिटान्स भित्राउन महत्वपूर्ण भूमिका खलेको भन्दै उनले सरकारले इक्यानको पहिचान अझै बुझ्न नसकेको बताए । शैक्षिक परामर्श व्यवसायमैत्री नीति निर्माण गर्न र राज्यका निकायहरुमा आफ्नो हकअधिकारका विषयमा कुरा गर्न पनि आफ्नो प्यानलको विजय जरुरी रहेको पौडेलले बताए । 

इक्यानको चुनावमा राजनीतिक पार्टीको चुनावमा जस्तो पैसाको चलखेल नहुने दावी गर्दै उनले इक्यानमा भोटका लागि पैसा खर्च गर्नुपर्ने अवस्था नरहेको बताए । 

यस्तो छ पौडेलको प्यानलको चुनावी एजेण्डाः ​​

१) मिति २०७९ पुष २३ गते संघको १७ औ वार्षिक साधारण सभामा प्रस्तुत तथा पारित निम्न लिखित बार्षिक कार्यायोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने। 
२) अन्तर्राष्ट्रिय शिक्षा अध्ययनका लागि विद्यार्थी, अभिभावक र परामर्शदाताहरुलाई सुसुचित गर्न सूचनामुलक कार्यक्रमहरुको ३ महिना भित्र आयोजना गर्ने ।
३) संघको खर्च र आम्दानीको हिसाब किताबलाई संघको आर्थिक प्रशासनिक विनियमावलि २०७३ अनुरूप थप व्यवस्थित गर्ने तथा नविनतम आम्दानीका श्रोतहरु समेतको पहिचान गरि कोषलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्ने ।
४) विभिन्न देशका दुतावास, उच्च आयोग, कूटनितिक तथा शैक्षिक निकायहरुसँग सम्पर्क कायम गर्दै सुमधुर सम्बन्ध विस्तार गर्ने ।
५) नेपालले दौत्य सम्बन्ध कायम गरेको मुलकहरुसँग निकटता कायम गर्न दौत्य सम्बन्ध स्थापना भएको दिन वा त्यस देशको विशेष दिनमा शुभकामना सन्देश दिने वा कार्यक्रम आयोजना गर्ने ।
६) विपन्न कम आय भएका विद्यार्थीहरुको विदेश अध्ययनमा पहुँच विस्तार गर्न विदेशी शैक्षिक संस्थाहरुसँग पहल तथा समन्वय गर्ने ।
७) परामर्श दात्री संस्थाहरुको जनशक्तिको दक्षता अभिवबृद्धिका लागि व्यवसाय सम्बन्धि योग्यता प्राप्त गर्न आधारभुत तालिम प्रदान गर्ने ।
८) संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत सरसफाई, रक्तदान, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठन पाठनमा सहयोग, विभिन्न सामग्री वितरण गर्ने तथा सीएसआरको काम गर्ने ।
९) इक्यान एन्डोस्ट कलेजको खाका तयार भैसकेकोले संघको आम्दानी समेत वृद्धि हनेगरी लागु गर्ने ।
१०) यस संघले शुरु गरिसकेको विजनेश एक्सलेन्स अवार्ड वितरण कार्यलाई निरन्तरता दिने ।
११) संघको सुविधा सम्पन्न कार्यालय र आफनो घर जग्गा खरिद गर्ने ।
१२) नयाँ शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई संलग्न गर्न पहल गर्ने ।
१३) विभिन्न भाषाको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने ।
१४) वार्षिक कार्ययोजनालाई थप प्रभावकारी र समयानुकुल कार्यान्वयन गर्नका लागि बार्षिक क्यालेण्डर बनाई लागु गर्ने ।
१५) अध्ययनका लागि विदेशिने विद्यार्थी र उनीहरुका अभिभावकहरुमा पर्ने आर्थिक क्षतीलाई कम गर्न विद्यालय र महाविद्यालयमा लाग्ने शिक्षण शुल्कको विमा गर्न नेपाल सरकार समक्ष पहल गर्ने र ठोस निस्कर्षमा पुरयाउने ।
१६) शिक्षा सेवा करको रुपमा सरकारले विदेश जाने विद्यार्थहरुसँग लिने ३ प्रतिशत शुल्क विद्यार्थक हितका निमित्त प्रयोगको लागि सम्बन्धित निकाय सँग पहल गन र कर फिर्ता भएको रकमलाई सहज तरिकाले फिर्ता गर्न बातावरण बनाउने ।
१७) प्रहरी प्रशासनसँग ब्यवसायिक समस्याको छिटो निकासको लागी प्रहरी कन्सल्टेन्सि सेल निर्माण गर्न पहल गर्ने साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विद्यार्थी सहायता कक्षको स्थापनाको लागि पहल गर्ने ।
१८) शैक्षिक परामर्श क्षेत्रसंग सम्बन्धित ऐन नियम बनाउन आवश्यक धारणा बनाई नेपाल सरकारसँग पहल गर्ने । 
१९) समान उद्देश्य भएका संघहरूसँग स्वस्थ्य प्रतिस्पर्धा गर्ने वातावरण श्रृजना गर्ने । 
२०) समग्र विद्यार्थीहरुको भिसा निर्णयमा हुने ढिलाई तथा ट्युसन फि फिर्ता सम्बन्धी लगायतका विषयहरुमा कुटनितिक नियोगसँग पहल गर्ने ।

थप प्रतिबद्धताः
१) सदस्य कम्पनीहरूका शाखा कार्यालयहरू सञ्चालनमा देखिएका कानूनी अडचनहरूलाई हटाउन पहल गर्ने ।
२) शैक्षिक परामर्श क्षेत्रमा विदेशी एवम् अपारदर्शी लगानी बन्द गर्न कानूनी प्रबन्धका निमित्त पहल गर्ने । ३। विदेशी शैक्षिक संस्थाहरूले परामर्शदात बिनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सञ्चालन गर्ने भर्ना प्रकृया तथा प्रबद्धनात्मक कुयाकलापहरू बन्द गर्न पहल गर्ने ।
४) सदस्य कम्पनीहरूको नाममा समस्या देखाइ शिक्षा मन्त्रालयमा हुने अडचन हटाउन पहल गर्ने । 
५) शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी तथा विदेशी परामर्श कम्पनीको नेपाली भू(भागमा शाखा विस्तारका लागी रोक लगाउन पहल गर्ने ।
६) शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७९ मा व्यवसायीहरुलाई अहित हुने खालका बुँदाहरुलाई परिमार्जन गर्न सम्बन्धित निकायहरुमा दवाव दिई सदस्य मैत्री बनाउने ।
७) नेपाली शैक्षिक परामर्शदातृ संस्थाहरुलाई मात्र विभिन्न देशका विश्वविद्यालय तथा महाविद्यालय आधिकारिक प्रतिनिधि बनाउन पहल गर्ने ।
८) डब्ल्युईबीए, आईसीएफएफ, अल्फा विश्वविद्यालय, महाविद्यालय र नेपाल स्थित शैक्षिक परामर्श व्यवसायीहरुबबीच बीटूबी बैठक तथा सेमिनार गर्ने ।
९) विभिन्न देशका उनआरएन (गैरआवासीय नेपाली) संघहरु संग समन्वय गरि अध्ययनरत विद्यार्थीहरु र अध्ययन गर्न जान चाहने विद्यार्थहरुलाई सहजता प्रदान गर्ने ।

१०) विभिन्न नयाँ शैक्षिक गन्तव्यहरुको पहिचान गरी सदस्यहरुलाई जानकारी उपलब्ध गराउने ।
११) विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गरी विभिन्न शैक्षिक क्रियाकलापहरु जस्तै सभा, गोष्ठी, प्रशिक्षण संचालन गरी सदस्यहरुलाई थप दक्ष बनाउने ।
१२) राज्यका विभिन्न निकायहरुसँग सम्बन्ध स्थापित गर्दै उचित व्यवसायीक वातावरण निर्माण गर्न पहल गर्ने ।
१३) सदस्य संस्थाहरुको सुझाव र उजुरीलाई तत्काल कार्यान्वयन र सुनवाईको तहसम्म पुच्याउन विशेष सेल बनाउने ।
१४) इक्यान सदस्य संस्थाहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा अझ वृद्धि गर्नका लागि सदस्य संस्थाहरुलाई विभिन्न फोरमहरुमा सदस्यता, लविङ, सहुलियत र उपस्थितीको लागि पहल गर्ने ।
१५) विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुमा इक्यान सदस्य संस्थाहरूले विज्ञापन दिया विशेष छुटको व्यवस्था गर्न पहल गर्ने। 
१६) इक्यानको आफनै टेलिभिजन कार्यक्रम मार्फत संघ र सदस्य संस्थाहरुको गतिविधिहरुलाई विद्यार्थी र अभिभावक माझ पुच्याउने । 
१७) इस्थान सदस्यहरुको व्यवसायिक दक्षतालाई थप अभिवृद्धि गराउन राष्ट्रिय स्तरमा विभिन्न किसिमका ओरियन्टेशन, ट्रेनिङ्ग, वर्कशप आयोजना गर्ने नयाँ आर्थिक वर्षमा इक्यानको २०५ हिस्सा यसमा खर्च गर्ने ।
१९) इक्यान सदस्य संस्थाहरुको थप उपयोगीताका लागि अन्तर्राष्ट्रिय शिक्षा र अध्यागमन नीतिमा हुने परिवर्तनहरुलाई न्यूजलेटरको रुपमा निरन्तर प्रकाशित गर्ने ।

२०) शैक्षिक मेलाहरुलाई अर बढी सूचनामूलक र विद्यार्थी केन्द्रीत बनाउन पहल गर्ने विभिन् न देशका दूतावासलाई ल्याउन र नेपालमा भएका लाई यही राख्नलाई पहल गर्ने ।
२१) संघले विगत देखि कार्यन्वयन गरिरहेको दुर्घटना तथा स्वस्थ बीमाको निरन्तरता दिने । 
२३) इक्यान केन्द्रिय र शाखा कार्यालयहरुलाई समायानुकल नयाँ संरचना प्रदान गर्ने संघलाई प्रादेशीक स्वरुप तथा शाखालाई सक्षम बनाई स्वायत्तता प्रदान गर्ने ।
२४) संघको केन्द्र तथा शाखाहरूमा समय सुहाउदो कार्यलय व्यवस्थापन गर्ने तथा उचित जनशक्तिको व्यवस्थापन गर्ने । 
२५) निर्वाचित भएको तिन महिना भित्र अन्तर्राष्ट्रिय शिक्षा अध्ययनका लागि विद्यार्थी अभिभावक माझ भ्ऋब्ल् को महत्व दर्शाउने खालको जानकारीमुलक विज्ञापन बनाउने । समाजका लब्ध प्रतिस्थित व्यक्ति मार्फत दिने यो सुचना सामग्री विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल, र सिनेमा हलबाट प्रसारित गर्ने ।
२६) बैदेशिक शिक्षासँग सरोकार राख्ने कुनैपनि निति र नियमहरुको प्रत्रियामा इक्यानको प्रभावकारी प्रतिनिधित्व गराउने । यसरी सहभागिता जनाउँदा इक्यानको सामुहिक स्वार्थलाई निर्णय प्रक्रियालाई संलग्न गराइने छ ।
२७) यो नेतृत्वले कुनै पनि वहानामा परामर्श क्षेत्रमा धरौटी राख्न हुन्न भन्ने दृढ मान्यता राख्दछ ।
२८) इक्यान दिवसको अवसरमा अर्थात भदौ १३ गते विभिन्न कार्यक्रमहरु गर्ने । प्रत्येक इक्यान दिवसमा इक्यान सेलेब्रेसन नाइट मनाईने छ । जुन दिन इक्यान भित्रका सदस्यहरुलाई योगदान, क्षमता र समाजिक को कदर गरिने छ। यसरी सम्मान कार्यक्रममा शाखाको प्रत्येक शाखाबाट कम्तिमा एकजना नछुट्ने गरि सम्मान गरिने छ योगदानको आधारमा ।
२९) अभिभावक महासंघ, नेपाल पत्रकार महासंघ जस्ता संस्थाहरु सँग सहकार्य गरि प्रत्येक महिना एउटा इक्यान इन्फरमेशन सेसन चलाईने छ, जसमा शैक्षिक परामर्श क्षेत्र, अन्तर्राष्ट्रिय शिक्षाको अवस्था बारे सुचना दिईने छ ।
३०) नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघलाई संस्थागत गर्नका लागि आवश्यक पहलकदमी गरिनेछ । अनाधिकृत रुपमा सञ्चालनमा आएका एड–टेक कम्पनीहरुलाई बन्द गरि नेपालमै सञ्चालनमा आउने कम्पनीहरुलाई सस्थागत विकास गर्न पहल गर्ने ।
३१) लामो समयदेखि नेपाललाई शैक्षिक गन्तब्य बनाउने हाम्रो कल्पनाको आधारशीलाका लागि विभिन्न सरोकारवालासँग समन्वय गरि क्युमुडी इन नेपाल, एजुकेशन इभेन्ट्स सञ्चालन गर्ने ।
३२) इक्यानले विभिन्न देशका कुटनीतिक आयोगसँग सहकार्य गरेर जीटूजी स्कलरसिपको व्यवस्था गर्ने ।
३३) नयाँ शिक्षा ऐनमा एजुकेशन कन्सल्ट्यान्सी विषय प्रष्ट व्याख्या बनाएर भविश्यमा आउने जटिलतामो भुमरीमा नफस्ने बाताबरण सिर्जना गर्ने । 

Advertisement