काजमा बस्ने आठ सय डाक्टर छन्, दरबन्दीअनुसार पठाउन खोज्दा धेरै धम्की आयोः स्वास्थ्यमन्त्री

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको दावी गरेका छन् । 

बिहीवार राष्ट्रिय सभामा उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्न जोखिम रहेको बताए । बस्नेतले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए । 

Advertisement

दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताउँदै उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने बताए । बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँुच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्याएर नै छोड्ने बताए । 

मन्त्री बस्नेतले आठ सय डाक्टरहरु मन्त्रीहरुको पालामा कागमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए । उनले आठ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए । 

बस्नेतले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेशन गर्नुपर्ने बताए । उनले भने, ‘आठ सय डाक्टरहरु स्वास्थ्य मन्त्रालयमा कागमा बसेका छन् । म जस्तै मन्त्रीहरुले राखेका हुन् । मैले एक जना पनि ल्याएको छैन् । कर्मचारी व्यवस्थापन कडाईका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन् । अब चल्नेवाला छैन् । कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएरको भरमा मिल्नेवाला छैन् । यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ ।’ 

बस्नेतले थपे, ‘सबैलाई राजधानी चाहिएको छ । आत्महत्या गर्ने जस्ता कुराहरु उठेका छन् । काठमाडौंमा दरबन्दी हुँदाहुँदै प्रमोशनको हिसावले उहाँले नुवाकोट जान चाहनु भयो । नुवाकोट इच्छा लागुनजेल बस्नुभयो । सरकारले काग दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौं । उहाँले ट्रमा सेन्टरमा नै चाहियो, नभएर आत्महत्या गर्छु भनेर मन्त्रालयमा आएर सचिवहरुलाई कराउन थालेछन् । यो सबै नाटक नौटङ्की हो ।

Advertisement

Advertisement