सिटी एक्सप्रेस १७औं वर्षमाः ब्राण्ड एम्बासडरमा हास्य कलाकार नेपाल नियुक्त

Advertisement

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गतेबाट १७औँ बर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा सिटी  एक्सप्रेसले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ  । 

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन  र हास्य कलाकार जितु नेपालले राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

Advertisement

सिटी एक्सप्रेसले १७ औं बार्षिकोत्सवकै उपलक्ष्यमा  बिहान खुला रक्तदान कार्यक्रमको आयोजना  पनि गरेको थियो ।  सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यालयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान गरिएको थियो ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 
 

Advertisement