एक भए लक्ष्मी र सनराइज बैंकः सीईओमा शाह, यस्तो बन्यो सञ्चालक समिति

Advertisement

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर आजदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गरेका छन् । मर्जर सम्बन्धी प्रारम्भिक समझदारी भएको ६ महिनामा दुई बैंकको एकीकृत कारोबार शुरु भएको हो ।

दुई बैंकबीच २०७९ पुस २५ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै २०८० जेठ ८ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको र  असार ३ गते दुबै बैंकले साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित भएको थियो ।  

Advertisement

नेपाल राष्ट्र बैंकले असार २२ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको र असार २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त भएको हो । नेपाल धितोपत्र बोर्डले असार २५ गते पूर्व स्वीकृति पत्र प्रदान गरेको थियो । 

सीईओमा शाह, चुक्ता पूँजी साढे २१ अर्ब
दुबै बैंक १ः१ को शेयर अनुपातमा मर्ज भएका हुन् । मर्जर पछि लक्ष्मी सनराइज बैंकको सीईओमा लक्ष्मी बैंकका तत्कालीन सीईओ अजयविक्रम शाह नै सीईओ बनेका छन् । सनराइजका सीईओ सुमन शर्मा भने बैंकबाट बिदा भएका छन् । 

लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार १ सय रुपियाँ र सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ९ सय रुपियाँ थियो । दुई बैंक मर्ज भएपछि कूल चुक्ता पूँजी २१ अर्ब ६७ करोड पुगेको छ । 

दुई बैंक एक भएपछि संस्थाको केन्द्रीय कार्यालय लक्ष्मी बैंकको हालको कार्यालय रहेको काठमाडौं १ हात्तीसारमा कायम भएको छ ।  

Advertisement