सरकारले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने कुरा थाहा छः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा उनले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताए । 

ऋण लिएर कहाँ खर्च गर्ने ? प्रतिफल कसरी सुनिश्चित गर्ने ? भन्नेमा सरकार गम्भीर रहेको बताउँदै महतले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताए । उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउने गरी ऋण लिनुपर्नेमा उनले बताए । 

Advertisement

महतले भने, ‘हामीले जुन ऋण उठाइराखेका छौँ, त्यो हाम्रो आवश्यकता अनुसार उठाउनुपर्छ । हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ । हामीले सोच्नुपर्ने चाहिं के हो भने कति ऋण लियौँ भन्ने भन्दा पनि त्यो ऋण कहाँ खर्च गर्यौँ ? कसरी खर्च गर्यौँ ? त्यो महत्वपूर्ण कुरो हो । त्यसमा हामी गम्भीर हुनैपर्छ ।’ 

उनले थपे, ‘कतिपय अवस्थामा पछिल्लो समयमा पनि हामीले लिएको ऋण उपयुक्त ठाउँमा खर्च भएन् । हाम्रो चासो र चिन्ता हुनुपर्ने त्यो विषय हो भन्ने मलाई लाग्छ । त्यसकारण अहिले हामीले ऋण लिने कुरा गर्दाखेरी विदेशी दाता होस्, या आन्तरिक बैंकहरुबाट राष्ट्र ऋण उठाउने कुरा होस् । यसलाई प्राथमिकताका साथ हामीले उठाएका छौँ । किन लिने र कहाँ खर्च गर्ने ? त्यसको प्रतिफल कसरी सुनिश्चित गर्ने ? त्यसमा हामी गम्भिर हुनुपर्छ । हामीले उत्पादन बढाउने हिसावले ऋण लिनुप¥यो भन्ने कुरालाई सरकारले गम्भिरतापूर्वक लिएको छ । उत्पादनशील क्षेत्रमै लगानी गर्नुपर्छ ।’

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक २०८० साउन १ गते सोमवार दिनको १ः०१ बजे बस्नेगरी बोलाइएको छ ।

Advertisement