प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । 

सञ्चालक समितिको सोमबार बसेको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको कम्पनीका सीईओ रमेशकुमार भट्टराईले उल्लेख गरेका छन् । 

Advertisement

कम्पनीको अन्य सञ्चालकहरुमा संस्थापन समूहबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेलशलाल श्रेष्ठ र सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन छन् । 

साविकको प्रभु र महालक्ष्मी लाइफ मर्ज भई गत शुक्रबारदेखि एकीकृत कारोबार शुरु भएको छ । 

Advertisement

Advertisement