राशिफलः आज (साउन ८) तपाईंलाई शेयर कारोबार, पेशा,व्यवसायबाट लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको ८ गते सोमबार, अधिक श्रावण शुक्लपक्षको षष्ठी तिथि ।

मेष 
पेशागत जीवनमा सुधार आउने छ । आम्दानीमा पनि बृद्धि हुने भने धन सम्पत्तिको अभिबृद्धि हुने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले प्रतिष्पर्धात्मक क्षमताको अरुले अनुभूति गर्ने छन् । रिस धेरै हुने भएकाले यसमा संयमित रहनु होला । परिवारमा द्वन्द देखिने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

Advertisement

वृष
पेशागत जीवनमा विभिन्न अनपेक्षित समस्याहरु देखा पर्ने छ । विशेषगरी अफिसियल झैझगडामा फसिने भएकाले संयमित भई पाइला चाल्नु वेस हुने छ । आम्दानीमा गिरावट देखा पर्ने छ । व्यक्तित्वमा दृढता आउने भएकाले कठिन परिस्थितिसँग पनि जुध्न तागत आउने छ । शेयर बजार औसत खालको रहने छ । 

मिथुन 
पेशागत जीवनमा केही सुधार आउने छ । यस अघि देखिएका कठिनाईहरुमा क्रमशः सुधार आउने छ । भाग्यहिनताका कारण चालिएका कदमहरु धेरै सफल भने भई हाल्ने छैनन् । मनमा नकारात्मक विचारहरुले सताउने छ । शेयर बजार अनुकुल रहने छ । 

कर्कट
पेशागत जीवनमा आँकलन नै नगरिएका समस्याहरुले उल्झन ल्याउने छ । तर आम्दानीमा हुने बृद्धिले मनमा दृढताको अभाव भने हुने छैन् । व्यापारमा आवद्धहरुको हकमा भने अलि धैर्यता अपनाउनु पर्ने देखिन्छ । शेयर बजार औसत खालको रहने छ । 

सिंह
पेशागत जीवनमा औसत खालको सकारात्मक सुधारहरु देखा पर्ने छन् । आम्दानी प्रति मनोबल केन्द्रीत हुने छ । मनमा सुख सन्तोषको भने अभाव हुने छ । विदेशमा रहेकाहरुको हकमा आम्दानीमा सुधार आउने छ । व्यापारमा सुधार आउने छ । शेयर बजार पनि अनुकुल बन्न जाने छ । 

कन्या
पेशागत जीवन औसत रुपमा अघि बढ्ने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । आम्दानीमा केही गिरावट आउने छ । शारीरिक कमजोरी देखिने तथा मनोबलमा कमि आउने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

तुला
पेशागत क्षेत्र सकारात्मक रहने छ । आम्दानीमा बृद्धि हुने हुँदा त्यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । नयाँ सवारीसाधन खरिद गर्नका लागि मन जाने छ । बौद्धिक जीवनमा बढोत्तरी हुने छ । तर मनमा अलि दुविधात्मक विचारहरु भने देखिन्छ । शेयर क्षेत्र अनुकुल रहने छ । 

वृश्चिक
पेशागत जीवनमा सोचे जस्तो प्रगति नभए पनि गिरावट पनि हुने छैन् । निभाएको भुमिका सफल हुने र अरुले कदर गर्ने छन् । नोकरी तथा व्यापार दुबैमा लाभ मिल्ने छ । बोली प्रभावकारी हुने हुँदा अरुको विश्वास छिट्टै आर्जन गर्न सकिने छ । शेयर बजार सकारात्मक रहने छ ।

धनु 
पेशागत जीवन सोचे जस्तो हुने छैन् । त्यसैले ठिक्क मात्रामा मात्र महत्वाकांक्षा लिएर अघि बढ्नु राम्रो हुने छ । मनोबलमा गिरावट आउँदा असफल हुन्छु कि जस्तो विचार मनमा लागि रहने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । अरुले दुविधाले भरिएको व्यक्तित्व आभाष गर्ने छन् । शेयर क्षेत्र भने सकारात्मक बन्ने छ । 

मकर 
पेशागत जीवनबाट लाभ मिल्ने छ । भाग्यको साथ रहेका कारण चालेका कदमहरु सफल हुने छन् । पारीवारिक जीवनमा सम्बन्धहरुमा क्रमशः सुधारका संकेतहरु देखिने छ । बोलीमा अलि कठोरता देखिने भएकाले संयमित रहनु नै वाञ्छनीय हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कुम्भ 
पेशागत जीवनमा प्रतिकुलतासँग जुध्नु पर्ने छ । व्यक्तित्वमा हुने दृढताका कारण अरुले हेप्न भने सक्ने छैनन् । पारीवारिक जीवनमा अन्योलता र उकुसमुकुसको वातावरण रहने छ, अर्थात झैझगडाको अवस्था रहने छ । भाग्यहिनताका कारण आँटेका कामहरु पुरा हुन कठिन पर्ने छ । शेयर क्षेत्रमा संयमित पाइला चाल्नु पर्ने देखिन्छ । 

मीन
पेशागत जीवनमा सकारात्मक सुधारका संकेतहरु आउने छन्, जसले गर्दा नयाँ उमङ्ग सञ्चारित हुने छ । अझै पनि आफ्नो पेशागत क्षेत्रका उच्चस्तरका पदाधिकारीहरुको मन जित्न निकै मेहनत गर्नु पर्ने देखिन्छ । शेयर क्षेत्र औसत रहने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement