युनिभिलर नेपालले कमायो ४८.६१ करोड नाफा, कति छ लाभांश क्षमता ?

Advertisement

काठमाडौं ।  नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सबैभन्दा बढी शेयरमूल्य भएको कम्पनी युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा ४८ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएको छ । 

कम्पनीले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले ३०.४६ प्रतिशतले नाफा बढाएको छ । बिहीबार यनिलिभरको शेयर मूल्य प्रतिकित्ता ३८ हजार ४०० रुपियाँ थियो ।  

Advertisement

गत आवको सोही अवधीमा ३७ करोड २६ लाख रुपियाँ नाफा कमाएको यो कम्पनीको चुक्तापुँजी नौ करोड २१ लाख रुपियाँ छ । यो नाफाअनुसार कम्पनीको प्रतिशेयर आम्दानी ५२८ रुपियाँ हुने देखिन्छ । 

कम्पनीको रिर्टन अर्निङमा भने चार अर्ब २६ करोड रुपियाँ रकम देखिन्छ । समीक्षा अवधीमा कम्पनीले एक अर्ब ९९ करोड ५५ लाख रुपियाँ व्यवसायीक आम्दानी गरेको छ । गत आवको सोही अवधीको तुलनामा यो १.५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा कम्पनीले एक अर्ब ९६ करोड ५७ लाख रुपियाँ आम्दानी गरेको थियो । 

सात करोड ३२ लाख रुपियाँ अन्य आम्दानी गरेर युनिलिभरले पहिलो नौ महिनामा कुल दुई अर्ब छ करोड ८७ लाख आम्दनी गरेको छ । गत आवको सोही अवधीमा भने कम्पनीको कुल आम्दानी दुई अर्ब दुई करोड ३० लाख रुपियाँ रहेको छ । 

Advertisement