डिशहोम गो एपमा अब चर्चित कोरियन सिरिजहरु पनि हेर्न सकिने, लक्षित वर्ग– नेपाली युवा

Advertisement

काठमाडौं । नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले डिशहोम गो एपमा लोकप्रिय कोरियन सिरिजहरु समावेश गरेको छ । 

विश्वभरका युवामाझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्तामाझ पनि लोकप्रिय रहेकाले आफ्नो एप्लिकेशनमा समावेश गरेको कम्पनीले बताएको छ । एप्लिकेशनमा गोब्लिन, द लोन्ली एण्ड ग्रेट गड, माइ लिटिल बेबी, रिचम्यान, किङ्ग इन द लभ, मेल्टिङ हर्ट, किल मि हेल मि जस्ता चर्चित कोरियन सिरिजहरु डिशहोमको गो एपमा उपलव्ध छ । 

Advertisement

यी कोरियन सिरिजहरुले नेपाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आफूहरुले विश्वास लिएको कम्पनीले जनाएको छ । यस्तै, यो एपमा १५० भन्दा बढि लाईभ टिभी च्यानलहरु पनि हेर्न सकिन्छ । सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ । 

डिशहोम गो एपमा लाइभ टिभिसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिने कम्पनीको भनाई छ । ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने बताइएको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । 

Advertisement

Advertisement