निजी उच्च माविहरुले महानगरलाई बुझाए शिक्षकको तलब विवरण, खामबन्दी खुल्न बाँकी

Advertisement

काठमाडौं । देशको राजधानी समेत रहेको काठमाडौं महानभित्रका निजी उच्च माध्यमिक विद्यालयहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुको तलब विवरण महानगरपालिकालाई बुझाएका छन् । 

महानगर प्रमुख बालेन शाहले सामुदायिक विद्यालयका शिक्षकसरह संस्थागत (निजी) विद्यालयका शिक्षकहरुलाई पनि तलब सुविधा दिनुपर्ने भन्दै विवरण माग गरेपछि उनीहरुले विवरण बुझाएका हुन् । 

Advertisement

तलब विवरण बुझाउन महानगरले असार १४ देखि साउन ८ गतेसम्मको समय दिएका थिए । यस्ता उच्च माध्यमिक विद्यालयहरुले विद्यार्थीहरुसँग चर्को शुल्क लिएर पनि शिक्षक र कर्मचारीलाई साह्रै न्यून तलब सुविधा दिने गरेको भन्दै धेरै गुनासो आएपछि मेयर बालेन शाहले शिक्षा ऐनको व्यवस्थाअनुसार सामुदायिक विद्यालयका शिक्षकसरह तलब सुविधा दिन निर्देशन दिएका थिए । 

महानगरभित्र अहिले ५२० वटा निजी विद्यालयहरु छन् । तीमध्ये उच्च माध्यमिक विद्यालयहरुको संख्या एक सयभन्दा केही बढी छ । तीमध्ये सय वटाले विवरण बुझाएको महानगरपालिकाको शिक्ष विभागका शिक्षा अधिकृत मोतीप्रसाद भट्टराईले बताए । आठ–दश वटा उच्च माविले भने अर्को बर्षबाट कक्षा १२ को पाठपाठन बन्द गर्ने तयारी गरेकाले उनीहरुलाई भने यस्तो विवरण बुझाउन बाध्यकारी नगरिएको उनले बताए । 

भट्टराईले आएको विवरणहरु अहिलेसम्म खामबन्दी नै रहेको र कस्ले कति पारिश्रमिक दिइरहेको छ ? थाहा नभएको बताउँदै कानुनले तोकेभन्दा पारिश्रमिक दिने उच्च माविहरुलाई कारवाही हुने बताए । 

 

Advertisement