सगरमाथा चढ्न नक्कली अनुमतिपत्र प्रयोग, पर्यटन विभागद्धारा छानविन समिति गठन

Advertisement

काठमाडौं । गएको जाडो याम (विन्टर सिजन)मा सगरमाथा आरोहण गर्न नक्कली आरोहण अनुमति–पत्र (फेक पर्मिट) जारी गरेको भन्दै पर्यटन विभागले छानविन समिति गठन गरेको छ । 

चार सदस्यीय समितिले १५ दिनभित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्नेछ । सगरमाथा चढ्न चार सदस्यीय टोलीका लागि नक्कली आरोहण अनुमति–पत्र तयार पारिएको भेट्टाएपछि विभागले छानविन सुरु गरेको हो । 

Advertisement

सरकारको लेटरहेड र छाप प्रयोग गरी नक्कली अनुमति–पत्र तयार गरेको विभागले जनाएको छ । पायोनियर एडभेन्चर प्रा.लि. नामक आरोहण कम्पनीमार्फत भएको उक्त आरोहणमा टोलीको नेतृत्व लाक्पा ग्याल्जेनले गरेका थिए भने भारत र पोल्याण्डका आरोही सहभागी थिए । 

पायोनियरका निर्देशक निवेश कार्कीले भने यस प्रकरणमा आफूहरु पनि बेखबर रहेको दावी गरे । उनले आफ्नो नक्कली आरोहण अनुमति–पत्र बनाएर सूचना पाएपछि पर्यटन विभागमा खबर गरेको बताए । कार्कीले भने, ‘मैले गत अप्रिल १८ मा नै नक्कली अनुमति–पत्रबारे पर्यटन विभागकै पूर्वकमाचारीले जानकारी दिनुभएको थियो । त्यसअघि मैले खासै याद गरेको थिइन ।  सूचना पाएपछि यो कुराको छानविन गर्न विभागमा गएर भनें ।’ 

गलत काम गर्नेलाई कारवाही गर्नुपर्ने उनको तर्क छ । कार्कीले थपे, ‘मैले यही अप्रिलको १८ तारिखका दिन सगरमागथा आरोहणको लागि नक्कली आरोहण अनुमति–पत्रको बोरमा थाहा पाइसकेको थिएँ । तर वास्ता गरिन । किनकि मलाई लाग्यो म र मेरो टिमसँग अरुले खेल्दैछन् । त्यसैले यसलाई हल्कारुपमा लिएँ । तर अप्रिल २१ मा यसबारे समाचार देखेपछि तुरुन्तै मैले पर्यटन विभागलाई खबर गरे ।’ छानबिन गरी दोषीलाई कारबाही गर्न लिखित रूपमा पर्यटन विभागलाई पत्र बुझाएको उनले बताए ।

Advertisement

Advertisement